BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    विश्वमा महामहंगी : यी मूलुकहरु उच्च मूल्य वृद्धिको शिकार बनेका थिए

    संसार न्यूज संवाददाताआश्विन २, २०७५

    २ असोज, काठमाडौँ । दक्षिणी अमेरिकी देश भेनेजुएलाले यति बेला चरम मुद्रास्फिती पिडा भोगेको छ । दोस्रो विश्व युद्ध यताकै यो मुद्रास्फिति सबैभन्दा भयानक रहेको अर्थशास्त्रीहरु बताउदैँ आएका छन् । अर्थशास्त्रमा उच्च मूल्य वृद्धिलाई हाईपर ईन्फेलसन भन्ने गरिन्छ ।
    गत १२ महिनामा मात्रै भेनेजुएलामा महँगी ६५००० प्रतिशतले बढेको छ । चरम मुद्रास्फितीले भेनेजुएलाको आम जीवन धेरै कष्टकर बनाइ दिएको छ । दैनिक आवश्यक वस्तुको कुनै वस्तु किन्न ठूलो रकम बोक्नु परेको छ ।
    यो समस्याको समाधानका लागि भेनेजुएलाले नयाँ मुद्रा सवरेन बोलिभर बजारमा ल्याएपनि यसबाट स्थितिमा खासै सुधार देखिएको छैन् ।

     

    ब्राजिल
    भयानक चरम मुद्रास्फितीको सामना गरेका केही देशहरूमा दक्षिण अमेरिकी देश ब्राजिल हो । सन् १९८९को डिसेम्बरदेखि १९९०को मार्चसम्म यो अवस्था रहेको थियो ।यो अवधिमा मुद्राको मूल्य निरन्तर अवमूल्यन हुँदै गयो । हरेक ३५ दिनमा महँगी दुई गुना दरले बढ्दै गएको थियो । ब्राजिलमा झण्डै १५ वर्षसम्म मुद्रास्फितीको दर हर महिना दुई अंकमा रहेको थियो । ९०को दशकमा ब्राजिलमा व्यापारीको सामानको मूल्य हरेक दिन फेरिने गरिएको थियो ।

    १९९४मा ब्राजिल सरकारले प्लानो रियल नामको योजना ल्याएर अर्थव्यवस्थालाई स्थिर राख्ने काम गरेपछि मूल्य वृद्धि केहि हदसम्म साम्य भयो ।

    हंगेरी

    १९४६मा युरोपेली देश हंगेरीले पनि मुद्रास्फितीको चपेटमा परेको थियो । देशको महँगी दर ४१,९००,०००,०००,०००,००० प्रतिशतमा पुगेको थियो । ज्ुान अहिलेसम्मको सबैभन्दा उच्च मुद्रास्फितीको अवस्था मानिएको छ । १ अगस्ट १९४६मा सरकारले यो समस्या समाधानको उपायका लागि कर नीतिमा सुधार, विदेशबाट सुन संरक्षित कोषको पूर्ति र नयाँ मुद्रा ‘हंगेरी गिल्डर’ ल्याउने योजना ल्यायो ।

     

    यूगोस्लाभिया
    प्रथम विश्व युद्धपछि अस्तिवमा आएको युरोपेली देश यूगोस्लाभियामा १९८०मा ं राजनीतिक र आर्थिक संकटमा फसेको थियो । यो संकटको समाधानका लागि देशबाट बोस्निया र हर्जगोभिना, क्रोएशिया, मेसेडोनिया, मोंटेनेग्रो, सर्बिया और स्लोभेनिया नामका छुट्टा छट्टै देश बनाउन परेको थियो । त्यसपछि सन् १९९२मा सर्बिया र मोन्टेग्रो युगोस्लाभिया संघीय गणतन्त्रमा मिलेर रहेका छन । १९९२को शुरूवातमा युगोस्लाभियाको महँगी दर ३१३,०००,००० प्रतिशत प्रति महिना पुगेको थियो ।

    जर्मनी
    प्रथम विश्व युद्धपछि जर्मनी धेरै कर्जामा डुबेको थियो । स्थिति सुधारका लागि ल्यान्ड मार्कको छपाइ ग¥यो तर पनि समस्या समाधान भएन् । कर्जा बढदै गयो । महँगी प्रतिमहिना २९,५००प्रतिशत पुग्यो । ३–४ दिनको अन्तरमा सामानको भाउ दुई गुना हुने समस्या उत्पन्न भएको थियो । जर्मनीमा हालत यस्तो भयो कि बालबालिकाहरूले नोटको बण्डल लिएर घर बनाउने खेल खेल्ने गरेका थिए । १९२३मा जर्मन सरकार समस्याबाट निकासका लागि नयाँ मुद्रा सिक्योर मार्क ल्यायो ।

     

    ग्रीस
    द्वितीय विश्वयुद्ध पछि ग्रीसको अवस्था सबैभन्दा खराब भयो । नोभेम्बर १९४४मा यहाँको मुद्रास्फितीदर १३,८०० प्रतिशत पुग्यो । समस्या समाधानका लागि आर्थिक सुधार, ऋण र नयाँ मुद्रा जारी गर्ने प्रयास ग्रीसले गरेको थियो । ग्रीसलाई जर्मनी र हंगेरीको तुलनामा यो स्थितिबाट पार पाउन लामो समय लागेको थियो ।
    जिम्बाबे

    २००० को दशकमा महामहंगीको चपेटामा परेको पछिल्लो देश हो जिम्बाबे । सन् २००८ मा जिम्बाबेको महंगी यरी बढ्यो कि हरेक २४द घण्टामा सामानको मूल्य दोब्बर तेब्बर पुग्थ्यो । जिम्बाबेको मस्ल्य वृद्धि ७९ बिलियन प्रतिशतसम्म पुगेको थियो । उच्च मूल्य वृद्धिका कारण जिम्बाबेले आफ्नो मुद्रा हटाएर दक्षिणी अफ्रिीकी रेन्ड तथा अमेरिकी डलर प्रचलनमा ल्याएको थियो । चरम मूल्य वृद्धिले एक प्याकेट रोटी किन्न ३५ लाख जिम्बाबे डलर सम्म खर्चिनु परेको थियो ।

    १३३ पटक
    प्रतिकृया दिनुहोस्