BizPati

  • आज : २०७५ पौष २ गते
    Headlines :

    प्राकृतिक विधिबाट उपचारका लागि सम्झनुस् ‘लाइफ स्पोट हेल्थकेयर’

    संसार न्यूज संवाददाताआश्विन १३, २०७५


    काठमाडौँ । आधुनिक जीवनशैली र खानपिनका कारण राजधानीबासीमाा विभिन्न खालका समस्या बढ्दै जान थालेका छन् । दैनिक दौडधुप र आधुनिक जीवनशैलीका कारण मानिसमा मानसिक तथा शारीरिक समस्या बढ्दै गएको छ । सहरीया वातावरणमा बदलिदो परिस्थितिसँगै बजारमा मानसिक तथा शारीरिक तन्दुरुस्तीका उन्नत प्रविधिप्रति ग्राहकमा विश्वास बढ्दै गएको देखिन्छ ।

    काठमाडौंको नयाँ बानेश्वरस्थित लाइफस्पोट हेल्थकेयरमा यस्ता समस्या भएका ग्राहकहरु उपचारका लागि धाउने संख्या बढ्दै गएको छ । डाक्टरहरुको राम्रो परामर्श र उपचारका कारण राम्रो उपचारका लागि यो लाइफस्पोटमा धाउने ग्राकहको संख्या बढ्दै गएको हो ।

    उक्त लाइफस्पोटमा ग्राकहहरूलाई लक्षित गर्दै विभिन्न प्राकृतिक उपचार गरिन्छ । पछिल्लो समय यिनै समस्याको उपचारका लागि प्रभावकारी बन्दै गएको छ, थेरापी । यो उपचार अन्तर्गत, स्टीम बाथ, आयुर्वेदिक मसाज, हटस्टोन मसाज, जोइन्ट पेन रिलिफ मसाज, रिल्याक्सेसन मसाज, अकुप्रेसर थेरापीलगायतका सेवा लिन सकिने जानकारी दिइएको छ ।

    लाइफस्पोटमा सौन्दर्य निखारता र शारीरिक मसाजको व्यवस्था छ । शारीरिक मसाजका लागि महिला तथा पुरुषका लागि छुट्टाछुट्टै रुमको व्यवस्थासमेत रहेको छ । मसाज लिनका लागि नेपाली तथा विदेशी पर्यटकहरुको संख्या बढ्ने क्रम रहेको सञ्चालक सुविन खड्का बताउँछन् ।

    समय र परिस्थिति सँगसँगै मसाजको नाममा विभिन्न किसिमका विकृतिहरु फैलिरहेको बेला सञ्चालक सविनकै अवधारणा अनुसार उक्त लाइफस्पोटमा पारिवारिक मसाज सेवा दिने गरिएको बताइन्छ । लाइफस्पोटमा पाँच महिनामै मसाज सेवा निकै लोकप्रिय हुन पुगेको खड्काले जानकारी दिए ।

    त्यसैगरी त्यहाँ तालिम प्राप्त तथा हँसिला थेरापिस्टहरूले थेरापी सेवा दिइरहेका छन् । सफा तथा आकर्षक थेरापी सेवा लिन पनि ग्राहक बढीरहको खड्काले बताए । हप्ताको सातै दिन बिहान ९ बजेदेखि बेलुकाको ७ बजेसम्म केन्द्र खुल्ला रहने गरेको छ । त्यसैगरी उक्त लाइफस्पोटबाट कपिङ अकुप्रेसर स्टिम बाथ मोक्जिभेसन स्टिमुलेटर तथा सप्लिमेन्ट थेरापि सेवा समेत उपलब्ध छ ।

    कपिङ थेरापी शारीरिक तन्दुरुस्ती, सौन्दर्य र पर्यटनको क्षेत्रमा निकै महत्वपूर्ण मानिएको छ । उमेरअनुसार मानिसको शरीरका प्रत्येक भागलाई विभाजन गरी उपचार गर्ने र बाहिरी सौन्दर्यता कायम गर्न बढी थेरापि गर्ने कपिङ थेरापीमा गरिन्छ ।

    लाइफस्पोटले स्टिम बाथ, आयुर्वेदिक मसाज, हटस्टोन मसाज, जोइन्ट पेन रिलिफ मसाज, रिल्याक्सेसन मसाज, अकुप्रेसर थेरापी, स्ट्रचिङ थेरापीको सेवा दिने गरेको छ ।

    लाईफस्पोटमा प्राकृतिक उपचार बिधिको प्रयोगबाट ढाड दुख्ने, नसा च्यापिएको, बाथ रोग, प्यारालाइसिस, हाडजोर्नी दुख्ने, ग्याष्ट्रीक, अल्सर, ब्लडप्रेसर, सुगर, कब्जीयत, शरीर झमझमाउने, टाउको दुख्ने, छाला सम्बन्धि रोग, दम रोग, कुपोषण, खान मन नलाग्ने, पेट दुख्ने, रिङ्ग्ग लाग्ने , मानसिक रोग, आदि बिना अप्रेषण प्राकृतिक पद्दतिबाट सफल उपचार गरिने खड्काले जानकारी दिए ।

    लाइफस्पोटले नेपालमै पहिलोपटक फ्रि डाइबेटिक डाइट प्लान तथा स्वास्थ्य सम्बन्धि प्रत्येक सनिबार फ्रि स्वास्थ्य सेमिनार गर्ने गरेको छ ।

    सप्लिमेन्ट थेरापि अनि डाइटप्लान सेवा बाट ब्याक पेन, जेइन्ट पेन, सुगर, पुरिक एसिड, प्रेसर, वैट लस, मस्कुलर पेनजस्ता रोगको ग्यारेन्टीका साथ उपचार गर्दै आएको छ ।

    कपिङ, मोक्जिभेसन, स्टीम बाथ ,अकुप्रेसर अमेरिका, क्यानाडा, स्पेनलगायतका देश हुँदै एसियाका थाइल्याण्ड, चीन, इन्डोनेसियामा विकास भएको पाइन्छ । पर्यटन क्षेत्रमा मात्र नभएर कामकाजी सहरिया व्यस्त जीवनशैलीका कारण कपिङ प्रति आकर्षण बढ्दो छ ।

    ३१४ पटक
    प्रतिकृया दिनुहोस्