BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    पार्टी एकताको फर्मुला के हो कमरेड ?

    सन्तोष शर्माचैत्र १६, २०७४

    nepalpath

    ‘बैज्ञानिक समाजवाद की मरणासन्न संसदवाद ? किन झुक्याउँदैछौँ कमरेडहरू ! समाजवादमा जान त सामूहिक संस्कृति अँगालेको हुनुप¥यो नी !’ कमरेड गायत्रीले तर्क राखिन् ।

    ‘कामरेडहरू आज हामी निकै महत्वपूर्ण र गहन छलफलमा भाग लिदैछौं, हामी सकिने कि ब्यूँतिने ? जटिल प्रश्नको समाधान हामीले नै गर्नुछ । धैर्य गर्नुहोस् कमरेडहरू । बैठकको मर्यादा ख्याल गरेर स्वस्थ्य
    ढङ्गले पार्टी र नेतृत्वलाई रचनात्मक सुझाव दिनुहोस्’ बैठकको अध्यक्षता गर्दै कमरेड बिमलप्रसादले सभापतित्वको छोटो मन्तव्य राखे ।
    ‘म अब कमरेडहरूलाई आ–आफ्ना कुरा राख्न फ्लोर ओपन गर्दछु ।’ उद्घोषक कमरेड विजयले छलफलमा भाग लिन अनुरोध गरे ।
    ‘हामी अब माओवादी रहन नपाउने भयौँ होइन् कामरेड ? एमालेमा विलयको कुरो बेजोड उठेको छ नि त ?’ कमरेड मोहनले शुरुमै भनाई राखे ।
    ‘माओवादी धारहरूको एकता प्रक्रिया चलिरहेकै बेला अर्थात् पूरा नभएको स्थितिमा फेरि अर्को फ्ड्को हान्ने कुरो कति सान्दर्भिक हुने हो’ कमरेड ध्रुवले जिज्ञासा राखे ।
    ‘हामी आफैले आफ्नो संरचना व्यवस्थित बनाउन नसकेको बेला फेरि अर्को जम्प गर्नैपर्ने बाध्यता कसरी आइपग्यो कामरेड, जम्प गर्ने हो भने पनि आफू तन्दुरुस्त हुनुपर्ने होइन र ?’ कमरेड भीष्मले तर्क राखे ।
    ‘गणतन्त्र पछाडि माओवादी आन्दोलनको कोर्ष कसरी बढ्ने विषयमा खासै छलफल र शंष्लेषण गर्न नसकिएको यथार्थताका बीच नेतृत्वले अर्को हाम फाल्यो । कसरी व्यवस्थापन गर्न सकिन्छ खै ?’ कमरेड सुधनले जिज्ञासा राखे ।
    ‘के का आधारमा एकता र के का निम्ति एकता भन्ने प्रश्न बडो पेचिलो बन्दै गएको छ, नेतृत्व तहबाट स्पष्ट पार्न अझै मेहनत गर्नुपर्छ की ?’ कमरेड विभिषणले भनाई राखे ।
    ‘नेतृत्वको कुन पदमा को व्यक्ति कतिन्जेल बस्ने भन्ने कुरो मिलाउना साथ पार्टी एकता हुने र नमिल्दा बित्तिकै पार्टी एकता भत्किने हल्ला बढी आइरहेको छ । यदि यो सत्य हो भने त एकताको नाउँमा धेरै चिन्ता सबैले गर्नुपर्ने देख्दिन कमरेडहरू मैले त !’ कमरेड नयनले भनाई राखे ।
    ‘५०÷५०, ६०÷४० र ७०÷३० सम्मका कुरा चलिरहेका छन् कमरेड । पार्टी एकताको फर्मुला के हो ? अझै निश्चित छैन की ! जेपर्ला त्यहि टर्ला हो’ कमरेड दिलबहादुरले जिज्ञासा थपे ।
    ‘६०÷४० वा त्यो भन्दा तलको कुरा हो भने लेनिनवादी संगठनात्मक सिद्धान्तले सिधा कुरा प्रष्ट भनेकै छ । संगठनमा जस्को बहुमत छ, उसैको निर्णय लागू भैहाल्छ’ कमरेड तीर्थले तर्क राखे ।
    ‘माओवादी आन्दोलनको भूमिका सहि रुपमा शंष्लेषण गर्न एमाले नेताहरू तयार छन र कमरेड’ उनीहरू त आ–आफ्ना ढर्रा बजाएको बजायै छन्’ कामरेड प्रमोदले भनाइ राखे ।
    ‘ठोस बैचारिक काम गर्नै नचाहेको र हुनै नदिएको बरु षड्यन्त्रपूर्वक ढङ्गले एकताको नाउँमा व्यक्तिगत सुरक्षा खोजेको आरोप अध्यक्षमाथि नै आएको छ नी !’ कमरेड भुईंमानले प्रश्न गरे ।
    ‘तिसौं वर्षदेखि लामो र जटिल परिस्थितिमा साथ दिर्दै आएका आफ्नै नेता, कार्यकर्ताको संस्थागत व्यवस्थापन गर्न नेतृत्वले नचाहेको पुष्टि पनि त हुन थाल्यो नी !’ कमरेड धीरजले भनाइ राखे ।
    ‘बैज्ञानिक समाजवाद की मरणासन्न संसदवाद ? किन झुक्याउँदैछौँ कमरेडहरू ! समाजवादमा जान त सामूहिक संस्कृति अँगालेको हुनुप¥यो नी !’ कमरेड गायत्रीले तर्क राखिन् ।
    ‘समाजवाद पनि वर्गिय हुन्छ के कामरेडहरू, नोकरशाही पूँजीवादको घेराबाट नेतृत्व वर्ग क्रमशः साम्राज्यवादको भरिया भैसकेको छ । उनीहरूबाट अब समाजवाद कहाँ सम्भव छ ?’ कमरेड पूरणले चर्को श्वरमा बोले ।
    ‘हो त नी, श्रमिक वर्गको समाजवादमा जान त श्रमिकको हीतमा देखिनु प¥यो नी ! हाम्रा नेताहरूमा विचलन आएको प्रष्टै छ नी !’ कमरेड सुनिताले साथ दिइन् ।
    ‘यो सभ्रान्त वर्गिय जीवनशैली र तदर्थवादी कार्यशैलीले हामीलाई कता पु¥याउँदै छ ? शुद्धिकरण गर्नै नपर्ने ! कस्तो कम्युनिष्ट आन्दोलन हो, व्यक्तिको हीत र सुरक्षा हेरे पुग्ने ?’ कामरेड मान बहादुरले भनाई राखे ।
    ‘हाम्रो नेतृत्वले पार्टीलाई बोल्सेबिक बनाउँछु भनेको २ महिना बितेको छैन । हालत हेरौँ त अहिले, यस्तो पनि हुन्छ कतै । कहि नभएको जात्रा हाडीगाउँमा !’ कमरेड रेशमले प्रश्न गरे ।
    ‘माओवादी नै भएर जीवन गुजारामा, आफूलाई केही गर्न नसके पनि देशमा परिवर्तन ल्याएको भनेर आत्मरति गरिएकै छ–न यता न उता पो बनाउँछन् की हँ !’ कामरेड नुमाखरले आशंका व्यक्त गरे ।
    ‘कामरेडहरू तपाईहरूका प्रश्न पेचिला र दमदार मात्र होइनन, जायज पनि छन् । हामी द्वन्द्वात्मक भौतिकवादी हुनुको नाताले शंकासहित अघि बढ्ने हो । हाम्रा अगाडिका विकल्पहरूको सहि जाँच पड्ताल गर्ने हो । यतिबेला एकताको विकल्पै छैन । निश्चय पनि क्रान्तिकारीहरूको एकतामा हामीले जोड र ध्यान दिने हो । तर, अहिले क्रान्तिकारीहरू को हुन भन्ने विषय आफ्नै ठाउँमा होलान् । यसको बाबजुद् एकतालाई सापेक्ष ढंगले बुझ्ने र एक अर्कोमा विलय होइन की, नयाँमा रुपान्तरित हुने कुरामा ध्यान दिँदै क. पुष्पलालले देखाउनु भएको सहि र परिपक्व कार्यनीति समात्ने कुरामा हामी दृढ हुनुपर्छ ।’ कामरेड प्रमुख अतिथिले भनाई राखे ।

    १७३ पटक
    प्रतिकृया दिनुहोस्