BizPati

  • आज : २०७५ पौष २ गते
    Headlines :

    अन्तिम लडाँर्इं

    निशा अर्याल, इज्रायलचैत्र २९, २०७४

    निसा अर्याल
    यतिबेला,
    तिम्रो योनीमा हाम्फालेर
    सारा लाजहरुले गरेका छन् आत्महत्या
    र स्थापित भएको छ
    मात्र पाँच इन्चको ‘बर्बर’ वस्तुको सत्ता
    जहाँ आफ्नै छोरीमाथि,
    घोप्टिएर तृप्त भएको बाउ
    हरिया दाँत ङिच्याएर गरिरहन्छ
    यो फोहरी सत्ताको पहरेदारी

    जब अलमस्त निदाउँछ
    थाकेर अस्तव्यस्त भएको जीउलाई
    थुपारेर सनातन बिछ्यौनामा
    डुब्दै उत्रन्छु अवचेतन
    र्याल र वीर्यको दलदले समुन्द्रमाथि !
    र ,
    किनारमा निस्केर
    दोहोर्याउँछु मनै मनमा
    मयल र पानीको
    दुःख र निर्वाणको
    यात्रा र गन्तव्यको
    जीवनभरिको अकथ्य कथा !

    एकबारको यो जुनिमा
    मेरो सानो सपना,
    जहिले पनि सपनै रह्यो
    यस बीचमा कयौं
    बाग्मतीमा धेरै पानी बग्यो
    ऋतुहरु कतिचोटि आए गए
    तर मेरो सानो
    उजाड संसारमा,
    बसन्त कहिले आएन
    बुढापाकाहरु भन्ने गर्थे
    एक न एक दिन
    गरिबको पनि दिन आउँछ अरे
    दलितको जीवनमा पनि सुख छाउँछ अरे,
    तर
    गरिबको त्यो दिन कहिले आएन
    असाहयको त्यो दिन कहिलै आएन
    दलितको त्यो दिन कहिलै आएन,
    तर यो गरिबको संसारमा,
    त्यो दिन कहिलै आएन
    बाह्र वर्षमा त खोलो पनि फिर्छ भन्थे
    भन्नेहरु,

    एक शताब्दी वितिसक्दा पनि
    यो दुःखीको घरमा, त्यो दलितको घरमा
    सुखको खोला कहिलै फिरेन
    अहँ  ! मेरो घरको आगँनसम्म
    त्यो गणतन्त्र पनि कहिलै आएन भने,
    ती दलित, गरिब र असाहयको जीवनमा,
    कसरी गणतन्त्र आयो होला ?

    अचकाली भो ! अतिचार भो !
    अब त बिउँझिदेउ
    यो कठोर निन्द्राबाट
    देखाइदेउ,
    तिम्रा कोटीकोटी हातहरुको शक्ति
    देखाइदेउ,
    तिम्रो त्यो दुर्लभ रुप
    हे नारी, हे विश्वका नारी
    तिम्रो क्रोधको हुण्डरीले
    आओस् भयङ्कर उथलपुथल्
    उठून साराका सारा हिमालहरु,
    छिचोल्ने ज्वार समुन्द्रमा
    वा फुटुन जम्मै महासागरहरु
    छिर्दै छिद्रा भएर चाल्नी परोस् धरती
    बरु सिद्धियोस सभ्यता
    र रित्तियोस पृथ्वी
    यदि यस्तै बाल, बृद्ध, दलित,
    जवान, असाहयमाथि,
    क्रुर्हरुले गर्ने अत्याचार हो भने
    रित्तियोस पृथिवी ,
    सिद्धियोस सभ्यता,
    चाहिएन
    युद्ध बन्दीजस्तो
    पराजयको बिल्ला लागेको,
    आत्माहिनताको जिन्दगी
    मलाई लड्नु छ,

    विश्वका नारीलार्इ लड्नु छ
    तिमीसँगै,
    हे दानव रुप पशुतूल्य पुरुष
    तिमीसँगै लड्नु छ,
    इतिहासकोअन्तिम लडाईं
    जसले अत्याचार गरिरहेको छौ
    हामीलाई लड्नु छ
    तिमीसितै उभिएर
    इतिहासको अन्तिम लडाईं

    वरण गर्नु छ बरु
    शहादत ।

    हामीलाई स्वीकार छ
    तिमीसँगको अन्तिम लडाईं कविता
    स्वतन्त्रताको कथा
    यो पत्तझड मौसम
    पानी सुकेको खोलाको बगर
    रितिएका हरियाली सपनाहरू
    प्रिय, किन बनायौ मेरा जीवनलाई,
    मरुभूमि जस्तो उजाड ?

    इतिहासमा
    धेरै लेखियो नारी प्रेम,
    र वियोग कथा
    लेखिए उसका कोमल नयन,
    र सौन्दर्यका महाकाव्यहरू
    लेखिए उसका बक्षस्थलका गुणगानहरू
    तर कतै लेखिएन किन ?
    उसका आँसु र सङ्घर्षका महागाथाहरू
    उसका प्रतिभा र साहासका कथाहरू
    अनि किन लेखिएन ?
    नारीभित्रका स्नेहका कथा ?

    हेर आमा उनीहरुका,
    हर षड्यन्त्रका दस्ताबेजमा
    मैले चुपचाप दस्तखत गर्दै रहेँ
    जसरी तिमीले गर्यौ ,
    हर बासनाको आगोमा,
    तिमी पुतली जस्तै होमिदै रह्यौ
    जसको अनुभूतिमा ,
    मैले आफ्नै जीवनलाई छामेँ ,
    अनि धेरैचोटि महसुस गरें
    आज मैले आफ्नै जीवनलाई ,
    पढिरहेकिछु कयौंचोटि ,

    अहँ
    त्यो षडयन्त्र, त्यो दाउपेच
    अब चल्दैन यहाँ,
    म र म जस्ता विश्वका नारीले,
    अब सहने छैनन्
    उनीहरुको मनपरि शासन
    अब चल्दैन !
    उनीहरुको कुटिल दाउपेचमा
    जसरी होमियौ तिमीहरु !

    अनि,
    होमिदै आएका थिए दलित जातिका
    पीडा, लाचार र विवशताहरु,
    म त्यसलाई विश्वसामु उभ्याउने छु,
    निर्धक्क भएर कलम चलाउँछु,
    मलाई मर्नुको चिन्ता छैन
    तिमी र तिमीजस्तै नारीमाथि,
    भएका ती अत्याचारलाई,
    अब म अन्त गर्न चलाउँछु,
    नारी मुक्तिको एउटा महाअभियान  !

    अनि,
    लेख्छु पानाभरि बाचुञ्जेलसम्म
    तिमीजस्तै हरेक आमाको,
    आँसु र पीडाहरूका कथा,
    र,
    गराउँछु मुक्ति हरेक नारीलाई,
    गाउन उनीहरुले स्वतन्त्रताको कथा !

    इति

     

    ८०८ पटक
    प्रतिकृया दिनुहोस्