BizPati

  • आज : २०७५ पौष २ गते
    Headlines :

    गजल ४६

    भुपेन्द्र महत, कोलोराडो अमेरिकाबैशाख ३, २०७५

    bhupendra-mahat

    रोज्नु र भोग्नु किन दुई किनरा भो सोच्दै छु
    एक मुठी श्वास यो, बाँच्नुको अर्थ खोज्दै छु

    सपना रोपेर बिपना फल्ने भए हर रात रोप्थें
    उठदा बिहानी कता गएछ हुस्सुलाई सोध्दै छु

    कहाँ पुग्छ कहाँ फुक्छ हाँस्छ या त यो दुःख्छ
    हार हो या भार जे होस् यो जिन्दगी बोक्दै छु

    कुँजो यो खुशी फगत फैलाएर ओठभरि
    ढाँटीढाँटी आफ्नै मन कस्तो भ्रम छोप्दै छु

    इति

    १००५ पटक
    प्रतिकृया दिनुहोस्