BizPati

  • आज : २०७५ मंसिर २९ गते
    Headlines :

    गृहपृष्ठ कविता, साहित्य

    काले लाहुर गयो रे

    अनगिन्ति सपनाहरु मनभित्र बुन्दै त्यो पुरानो झोला पछाडि भिरेर आमाको माया र प्यारीको प्यार पोको पार्दै आमा बुवालाई ढोग्दै प्यारीलाई एकोहोरो हेर्दै भालेको डाकमा काले लाहुर गयो रे आमाको ममता अनि प्यारीको प्यारलाई गाँठो पार्दै...बाँकी

    विश्वास

      धेरै बेर ओछ्याइरहेर आँखाहरू क्षितिजमा नियालिरहिन् र, मुजा परेको निधार झनै खुम्च्याएर अमिलो अनुहार पार्दै भनिन् ‘होइन रहेछ ।’ उनको खोजी जारी छ वर्षौंदेखि वर्षौंदेखि नियालिरहेकी छन् यसरी नै बाटाहरू । देश बनाउन हिँडेको...बाँकी

    गजल ८४

      हेर्दै थिएँ बगैँचामा घुम्दै सुनाखरी हाँस्दै थिइन मेरो गजल सुन्दै सुनाखरी फुलिरहिन् आँगनीमा जुनेलीको राती पिरतिको जाली रुमाल बुन्दै सुनाखरी माया भन्नु कामनाको भेलजस्तो रै’छ सताइरह्यो भमराले चुम्दै सुनाखरी प्रकृतिको सुन्दरता सापटीमा लिई शिरमाथि...बाँकी

    गजल ८३

    भन्ने गर्थेँ जीवनमा जो हुन मेरा आफ्ना सधै गाह्रो भा’छ भन्नलाई कुन मेरा आफ्ना सधै के के गरेँ खै जिन्दगीमा आफैँलाई बिर्सीएर क्षण भरमै खरानी भए गुन मेरा आफ्ना सधै ऋणमाथि ऋण छ अझै धेरै...बाँकी

    गजल ८२

      एक टुक्रा ब्रेडसँग अलिकती जामसँग यी पाखुरा साटेको छु मैले फलामसँग मन लिएर केही दिनमा चिठ्ठी आइपुग्ला बिन्तिभाउ गरेको छु एउटा खामसँग पूर्णिमाको जून हेर्छु जूनभित्र उनी देख्छु जूनलाई नलुकाउन भनेको छु घामसँग सास...बाँकी

    नाङ्गो समय

    समय आफैँलाई नङ्ग्याउन थालेको छ अचेल विज्ञान र प्रविधिले उत्कर्ष लिइरहेको बेला ज्ञान र चेतनाले आफ्नो इतिहास कोर्ने जमर्को गर्दा मानिस विश्व मानवताको पाठ सिक्न तल्लीन रहँदा समयले स्वयंलाई नङ्ग्याउन थालेको हो । आफ्नै अन्नजल...बाँकी

    एकाकार

    वर्षा ऋृतु नै हो तर पनि एक हप्ता भइसक्यो, घाम नलागेर आकाश धुम्मिएको धुम्मिएकै छ, वर्षा हुन पनि सकेको छैन । जताहेरे पनि बादल मात्र देखिन्छ । दिन एकदमै घुर्मैलो छ। बादल पनि कालो र...बाँकी

    छोरी र म

    तिमीलाई हेरेर म तिमीभित्र आफ्नो उचाइ, आयतन र गहिराइ नाप्छु तिमी आफू जस्तै लाग्छ मलाई, धीत मरिन्जेल हेर्छु तिम्रो चाल, तिम्रा आँखाहरू, नथाकेर एकोहोरो आँखाहरूलाई बिसाउँछु तिमीमा । तिमी भुइँमा घिस्रिँदा या बामे सर्दा, तिम्रा...बाँकी

    अामा हृदय

    हे मेरी छोरी हे मेरी नानी म आमा बोल्दै छु दुख्दै छ छाती म छैन जाती बेदना खोल्दै छु मनको व्यथा सुनाउँ कहाँ ए छोरी कहाँ छौ ? छोडेर गयौ आमाको काख सम्झन्छु जाति छौ...बाँकी

    गजल ८१

    गर्छ जो जिन्दगीको कुरो हेर ऊ नै छ झन् न्याउरो कागलाई भन्यो गीत गा क्या गजबको छ लौ फ्याउरो गर्छ पाण्डित्यका जो कुरा जालमा बस्छ त्यै माकुरो घोलमै छन् बचेराहरू भुर्र उड्दै छ त्यो भ्याकुरो...बाँकी