कोरोना भाइरसलाई जितेर फर्किए शाही

९ वैशाख, काठमाडौँ । सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित अमृत शाही स्वास्थ्यलाभ गरी घर फर्किएका छन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय शाही मंगलबार साँझ सञ्चो भएर घर फर्किएका हुन् । उनी चैत १४ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए। दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल धनगढीमा … Continue reading कोरोना भाइरसलाई जितेर फर्किए शाही