back

नेपाल उद्योग वाणिज्य महासंघद्वारा उपभोक्ता हित संरक्षण सम्बन्धी विधेयक संशोधन गर्न माग

वि.सं.२०७५ भदौ २६ मंगलवार

153 

shares
RBB AD
NTC AD

२६ भदौ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले संघीय संसदमा छलफलको क्रममा रहेको उपभोक्ता हित संरक्षण सम्बन्धी विधेयक संशोधन गर्न माग गरेको छ ।

सोमबार महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले संघीय संसदको उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित समितिका जेष्ठ सदस्य तथा सभापति मुकुन्दप्रसाद न्यौपानेलाई भेटेर यस्तो आग्रह गरेको हो ।

उपभोक्ता संरक्षण सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ मा निजी क्षेत्रका तर्फबाट सुझाव प्रस्तुत गर्दै महासंघले केही बुँदा अस्पष्ट भएका कारण स्पष्ट पार्नु पर्ने बताएको छ ।

महासंघको १४ बुँदे सुझाव तथा धारणामा विधेयकको सम्बन्धमा सम्बन्धित सरोकारवाला पक्षहरूसँग गहन छलफल गरिनु पर्ने, विधेयकमा प्रयोग भएका अनिश्चित, अस्पष्ट एवं असिमित अर्थ जाहेर गर्ने शब्दहरु स्पष्ट गरिनु पर्ने, इजाजत लिएको बस्तु मात्रै पैठारी गर्न पाउने व्यवस्था पुर्नविचार हुनु पर्ने लगायतका विषय समेटिएका छन ।

यसैगरी महासंघको सुझाव पत्रमा बिक्री भइसकेको बस्तु फिर्ता सम्बन्धी व्यवस्थामा पुर्नविचार गरिनु पर्ने, बस्तु वा सेवाको मूल्य निर्धारणमा नियन्त्रण सम्बन्धी व्यवस्था पुर्नविचार हुनु पर्ने, सम्पूर्ण बस्तुको मूल्य सूची अनिवार्य राख्नु पर्ने एवं मूल्य सूचना केन्द्र सम्बन्धी व्यवस्था, बस्तु तथा सेवाको मूल्यको मापदण्ड निर्धारण गर्ने ब्यवस्था पुर्नविचार गरिनु पर्ने रहेका छन् ।

केन्द्रीय बजार अनुगमन समितिको गठन सम्बन्धी व्यवस्था, थुना राख्ने तथा तत्काल जरिवाना गर्न सक्ने निरीक्षण अधिकृतको अधिकार सम्बन्धी व्यवस्था, कसुर र सजाय सम्बन्धी ब्यवस्था, कैद र जरिवाना वा दुवै सजाय गर्ने जिल्लाका प्रशासकीय निकायका पदाधिकारी तथा विभागका महानिर्देशकको अख्तियारी सम्बन्धमा, पुनरावलोकन धरौटी सम्बन्धी ब्यवस्था, पाँच वर्षसम्म कैदको सजाय हुने ब्यवस्था सम्बन्धमा र खारेजीरबचाउमा महासंघले आफ्ना धारणा तथा सुझाव दिएको छ ।

वि.सं.२०७५ भदौ २६ मंगलवार ०८:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रिय बीमा कम्पनीद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

राष्ट्रिय बीमा कम्पनीद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदका लागि दरखास्त आह्वान...

ग्लोबल आइएमई बैंकद्वारा प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

ग्लोबल आइएमई बैंकद्वारा प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

बढ्यो सिद्धार्थ प्रिमियरको खुद बीमा शुल्क र नाफा

बढ्यो सिद्धार्थ प्रिमियरको खुद बीमा शुल्क र नाफा

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...

नेपालमा फोनपेद्वारा युपीआई मार्फत संचालित आफ्ना सेवाहरुको प्रदर्शनी

नेपालमा फोनपेद्वारा युपीआई मार्फत संचालित आफ्ना सेवाहरुको प्रदर्शनी

काठमाडौं । काठमाडौंमा फोनपे भारतले बिहीबार एक कार्यक्रम आयोजना गरी...

सुनको मूल्यमा एक हजारले गिरावट, आज कति छ प्रतितोला ?

सुनको मूल्यमा एक हजारले गिरावट, आज कति छ प्रतितोला ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

पशुपालनबाटै पालिकालाई आत्मनिर्भर बनाउन किसानलाई अनुदान

पशुपालनबाटै पालिकालाई आत्मनिर्भर बनाउन किसानलाई अनुदान

पर्वत । पशुपालनबाट किसानसँगै गाउँपालिकालाई पनि आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको...