back

नेकपाका एक बुद्धिजीवी भन्छन्–‘सडकमा जान बाध्य नपार सरकार’

वि.सं.२०७५ भदौ २६ मंगलवार

120 

shares
RBB AD
NTC AD

२६ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निकट एक बुद्धिजीवीले पार्टी सञ्चालन प्रक्रिया, नेतृत्व्को संस्कृति तथा सरकार सन्चालनको बिधिबारे तीब्र असन्तुष्टि प्रकट गर्दै सडकमा जान बाध्यता आइपरेको बताएका छन् ।

लामो समयदेखि वाम आन्दोलनमा सक्रिय तथा तत्कालिन नेकपा माओवादी केन्द्रको बुद्धिजीवी नेता तथा काठमाडौं जिल्ला अध्यक्ष समेत रहिसकेका भरत शर्माले राष्ट्रियता, अर्थतन्त्र र जनजीविकाको सवाललाई सरकारले हलुका लिएकोमा आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्

‘नेपाल संघिय गणतन्त्रको नयाँ युगमा प्रवेश गरेपनि जनजीवीकाको सुनिश्चितता, राष्ट्रियताको संरक्षण तथा जनमूखी विकास निर्माणका क्षेत्रमा गुणात्मक त के मात्रात्मक परिवर्तन पनि हुन सकेन । पहिलेदेखि नै चलिआएको घुसखोरी, भ्रष्टाचार, दुराचार, नातावाद, कृपावाद र निजी सम्पत्तिप्रतिको मोह तोड्न पर्नेमा पछिल्लो राजनैतिक नेतृत्व त झन साम्राज्यवादी उपभोक्ता संस्कृतिमा रमाउँदै यसलाई संस्थागत गर्नतिर पो लाग्यो ।

नेतृत्वलाई देवता मान्ने कार्यकर्ता तथा कार्यकर्तालाई दास मान्ने नेतृत्वको विकासले राजनीतिलाई विशुद्ध समाजसेवा र प्रगतिशिल सामाजिक रुपान्तरणको सार्वभौमसत्ता बनाउँनुको सट्टा नाफामुखी फोहोरी खेलको रुपमा बुझ्नुपर्ने स्थिति बन्यो ।

अमेरिकी साम्राज्यवादको क्षेत्रीय मुखिया, भारतीय विस्तारवादले इतिहासदेखि नै एकपक्षिय हैकमवादी असमान सन्धि सम्झौताहरुद्वारा नेपाललाई भुटानीकरण गर्दै सिक्किमीकरणतिर लगिराखेको सन्दर्भमा सबै असमान सन्धि सम्झौताहरु खारेज गरी नयाँ आधारमा नयाँ समान र सह–अस्तित्वपूर्ण सन्धि सम्झौताहरुबाट सम्बन्धको विकास गर्नुको सट्टा वेमौसमी र बिना एजेण्डा पालो पालो गरी भारतमा आशिर्वाद थाप्न जाने नेतृत्वको समर्पणवादी चरित्रलाई नेपाली जनताले निको मानेका छैनन् ।

अमेरिकी साम्राज्यवादका पिछलग्गू, कथित तटस्थ युरोपियन युनियन सम्वद्ध राष्ट्रहरुले निहित स्वार्थकालागि विभिन्न आइएनजीओ मार्फत एउटा लेयरका नेताहरु, जन–वर्गीय संगठनका नेताहरु, जन–प्रतिनिधिहरु तथा राज्यसत्ताका अन्य अंगका उच्चपदस्त अधिकारीहरु र समाजका कथित अगुवाहरुलाई कुनै न कुनै वाहानामा गोष्ठी, सेमीनार तथा अन्तक्र्रियाका नाममा उनीहरुका एजेण्डातिर तानिरहेका छन् । त्यसमा सजग हुनुपर्दैन ?

हाम्रा नेताहरु आर्थिक समृद्धिको कुरा गर्छन् तर कृषि–उत्पादनको व्यवसायिकरण, औद्योगिकीकरण तथा प्राविधिक विकासको ठोस योजना निर्माण गर्दैनन्् राष्ट्रीयताका कुरा गर्छन् तर विदेशी हैकम र हस्तक्षेपका विरुद्ध दृढ अडान लिन सक्दैनन् बरु उनीहरुलाई खुशि पार्न राष्ट्रिय योजना भन्दा बाहिरका कुराहरु प्याच्च बोलिदिन्छन् ।

अहिले नेपालमा ऐतिहासिक अवसरका रुपमा वामपन्थीको सुबिधाजनक वहुमतको सरकार छ । पार्टी एकिकरण पूर्ण नभैसकेपनि सरकार विरुद्ध कहि कतै षड्यन्त्र छैन् । जनता बेचैनकासाथ सरकारबाट केहि हुने आशामै छन् तर केहि हुने संभावना क्षीण हुदै गइरहेको छ ।

हामीले ऐतिहासिक रुपमा उठाउँदै आएका किसानका समस्या, मजदुरका समस्या, शिक्षा र स्वास्थ्य क्षेत्रका समस्या अर्थात समग्रमा जन–जीवीकाका समस्याको हल गर्ने नीति र कार्यक्रम खै ? नेपाली राष्ट्रियता असह्य वैदेशिक हस्तक्षेपको चपेटामा छ, हामीसँग राष्ट्रीयताको संरक्षण र सम्बर्धन गर्ने ठोस नीति खै ?

अहिले विलम्ब नगरिकन पार्टी हेडक्वाटरका ८–१० जना नेताहरु बसेर जनताका गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी, आदिको सु–निश्चित हुनेगरी कार्यक्रम तयार पारी पुरा सरकार तथा पार्टी पंक्ति र सम्पूर्ण जनता परिचालित गरी कार्यान्वयन गर्नुपर्ने होइन ?

अब पनि पार्टी र सरकार यहि रबैयामा अल्मलिन्छन् भने सही माक्र्सवादी वौद्धिक समुदाय, समूह र संगठनहरु संगठित रुपमा सरकारलाई सही बाटो हिडाउँन व्यापक वहस सहित सडकमा निस्कन हिच्किचाउँन हुँदैन ।

वि.सं.२०७५ भदौ २६ मंगलवार ०९:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
५३ जिल्लाका ४३६ स्थानका बनमा आगलागी,जंगलका स्रोत जोगाउनै मुस्किल

५३ जिल्लाका ४३६ स्थानका बनमा आगलागी,जंगलका स्रोत जोगाउनै मुस्किल

प्रगति ढकाल, काठमाडौँ । डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै...

पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री ‘प्रचण्ड’

पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा...

आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी

आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेशसभाको...

राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन...