
बेल्जियमको संसदीय निर्वाचन प्रदेश सभासदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका नेपाली युवा विरमान घर्तिमगरले नेपाली एकता कायम राखिदिन बेल्जियमबासी नेपाली समुदायसँग अनुरोध गरेका छन् ।
बेल्जियमको समाजवादी आस्था बोकेको मजदुर पार्टी पिभिडिए (PVDA) बाट सिंगो नेपाली समुदायका तर्फबाट एक्ला उम्मेदवार बनेका बिरमान घर्ती मगर २६ मे (आज) हुने निर्वाचनमा प्रदेश सभासद्मा उम्मेदवार बनेका छन् ।
मगर राष्ट्रिय मुक्ति मोर्चा युरोपका इन्चार्ज, तत्कालिन नेकपा माओवादी युरोपका सदस्य, बेल्जियमका अध्यक्ष, सितोरियो कराते फ्लाइवेट समुहका नेशनल च्याम्पियनसिप तथा साउथ एसियन कराते च्याम्पियनशीप फ्लाइवेट र ओपनतर्फ दुई स्वर्ण पदक बिजेता समेत रहेका बिरमान घर्तिमगर अहिले बेल्जियमको संसदीय निर्वाचनमा होमिएका हुन् । प्रस्तुत छ उनीसँग पत्रकार केजिन राईले गरेको कुराकानी ।
बेल्जियमको निर्वाचनमा होमिनु भएछ नि ?
कुनै पनि देशको मेरुदण्ड पोलिटिक्स नै हो । त्यसको संरचना, त्यो देशको आकार यसले नै निर्धारण गर्छ । त्यसैले हामी नेपालीका लागि कुन चाहि राम्रो चिज हो र यसले यहाँ रहेका नेपालीका लागि के गर्न सकिन्छ त भन्ने सोँचले म यहाँको राजनीतिमा लागेको हुँ ।
प्रदेश सभासद्कै लागि अगाडि आउनुपर्ने कारण ?
हामी नेपालीहरु विदेशमा आएर बसेका छौं । विदेशमा हाम्रा लागि कति कठिनाइहरु आउँछन्, कठिनाइहरुका बाबजुद पनि यी समस्या समाधानका लागि कसले के गर्न सक्छ त भन्ने कुरा सोच्दा, एउटा पार्टीलाई नसमाइ हामी अगाडि बढ्न सक्तैनौं । त्यसैले हामी २००१ देखि यहाँ बस्दाखेरी जुन पार्टी पिभिडिएमा लाग्दै आए, यो पार्टीको आइडोलोजी भनेको माक्स र लेनिनकै हो । मजदुर र गरिबहरुलाई कसरी दमन र शोषणबाट मुक्त गर्ने भन्ने यसको पहिलो प्राथमिकता र उद्धेश्य हो । बेल्जियममा पनि मानिसहरु शोषणमा परिरहेका छन् । यहाँ खान बस्न लगाउन, स्वास्थ्य तथा शिक्षाको लागि सहज भए पनि अन्य धेरै कुरामा शोषण भइरहेको छ । हामीले यहाँ गरेका स–साना बिजनेशमा ट्याक्स बढी लगाउने, युरोपियन स्टाण्र्डडमा पाउनुपर्ने सुविधाहरु, पेन्सन लगायतका कुरामा विभेद हुने, महिला र पुरुषमा भिन्नता, (जस्तै महिलाहरुलाई कम्ति र पुरुषलाई बढी पेन्सन दिने) जस्ता शोषण भइरहेको छ । त्यहि शोषणको विरुद्धमा नै यो पार्टी अहिलेसम्म लागिरहेको छ । विदेशीलाई पनि सहभागी गराउनुपर्छ, विदेशी पनि मानब हुन्, उनीहरुलई पनि बस्न दिनुपर्छ भनेर विदेशीहरुको हकहितका लागि वकालत गर्ने यहि पार्टी भएकोले म यसपार्टीबाट प्रदेश सभासद्का लागि उम्मेदवार बनेको हुँ ।

तपाईको पार्टीले विगतमा नेपालीका लागि त्यस्ता के काम गर्यो, अहिले के गर्दैछ र भविष्यका योजना के के छन् ?
हिजोको दिनमा नेपालीहरु मात्र नभएर विदेशीहरु इलिगल रुपमा बस्नुपर्दा कागज नपाएर भौतारिरहेको अवस्थामा, विदेशी समुहले ४३ दिनसम्म भोक हड्ताल गर्दा यो पार्टीले विदेशीहरुलाई यस्तो अवस्थामा राख्नु नहुने भन्दै कागज दिएर कामगर्ने अवसर दिनुपर्छ, डिर्पोट गर्ने होइन भन्दै उनीहरुको लागि वकालत गरेको थियो । पार्टीले विभिन्न संघसंस्थाहरुसँग मिलेर नेपाली मात्र नभएर अन्य विदेशीलाई पनि कागज दिलाइदिएर बसोबासको व्यवस्थाको लागि वकालत गरेको थियो । त्यसकारण पनि विदेशी नागरिकका लागि यो पार्टी राम्रो पार्टी हो । दोस्रो कुरा जहाँ गरिबहरु शोषणमा परेका छन् उनीहरुको लागि आवाज उठाइरहेको छ यो पार्टीले । यहाँ ३ सय वटा फ्याक्ट्रीहरु छन् । उनीहरुले सरकारलाई ट्याक्स तिर्दैनन् । तर, मझौला खालका विदेशबाट आएकाहरुले ठूल्ठूला फ्याक्ट्रिहरु खोल्न सक्तैनौं हाम्रा स–सना बिजनेसलाई चारैतिरबाट ट्याक्स असुलिन्छ । जो मजदुर छ उसले पनि बार्षिक रुपमा ट्याक्स तिरिरहेको छ । यस्तो खालको शोषण किन ? भनेर हाम्रो पार्टीले अहिले पनि वकालत गरिरहेको छ । संसदमा पनि आवाज उठाइरहेको छ । त्यसकारण पनि हाम्रा लागि यो पार्टी अतिनै राम्रो पार्टी हो ।
२०१८ मा पनि यहाँको स्थानीय निर्वाचनमा विभिन्न राजनीतिक पार्टीबाट आठजना नेपालीहरुले भाग लिएका थिए, तपाइले यहि पार्टी नै रोज्नुपर्ने कारण के छ ?
अ, धरै मानिसहरु ठूला र चर्चित पार्टीको राजनीतिमा होमिन्छन् । तर, हामी पार्टीले उठाएका मुद्दाका हिसावमा लाग्छौ । यसका मुद्दा मेरो लागि मात्र नभएर सम्पूर्ण विदेशरुहरुको लागि र मजदुरहरुका मुद्दा उठाउने पार्टी भएकोले सानै भएपनि उद्धेश्य ठूलो बोकेर हिँडेको पार्टीमा लागेको हुँ । लोकप्रियताको लागि भएको भए त ठूलै पार्टीमा लाग्थे नि । यहाँ त केही पार्टीहरुले विदेशीहरुलाई राख्नै हुन्न भनेर वकालत गरेको पनि पाएको छु । त्यसैले पनि हामी उनीहरुको पछि लाग्दैनौं । किन कि हाम्रो मुद्दा उनीहरुसँग म्याच हुँदैन । हामी विदेशी मजदुर हौं, हाम्रो वकालत यहि पार्टीले गर्छ । मजदुरमाथिको शोषणका विरुद्ध आवाज यहि पार्टीले उठाउँदै आएको छ । युरोपियन नियम अनुसार दुईजना बच्चा भएको परिवारलाई यहाँको सरकारले २३ सय ९१ युरो दिनुपर्छ । तर, बेल्जियम सरकारले जम्मा १२९१ यूरो जति दिइरहेको छ । १ हजारको फरक किन गरिरहेको छ सरकारले ? यो कुरालाई हाम्रो पार्टीले उठाइरहेको छ । त्यस्तै पेन्सनमा पनि समस्या छ ।
म बेल्जियममा रहनु भएका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई नेपालीहरुको एकतालाई एकढिक्का बनाएर सहयोग गर्न, नेपाली एकता कायम राख्न र एउटा नेपाली भएको नाताले भोट दिएर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु । पार्टीसँगै घरदैलो त गरेको छु तर व्यक्तिगत रुपमा नेपाली दाजुभाइ दिदीबहिनीको घर–घर पुग्न सकेको छैन । यहिबाट अनुरोध गर्दछु । यहाँहरुको भोट मेरा लागि अमुल्य हुनेछ । नेपाल र नेपालीका गर्वको विषय पनि बन्नेछ भन्ने आसा गर्दछु ।
युरोपियन स्टाण्डर्ड अनुसार १५ सय युरो पेन्सन पाउनुपर्ने हुन्छ तर वेल्जियमले ११ सय, हजार र आठसय मात्र दिएको छ । महिलाले आठसय पेन्सन पाएको देखिन्छ । हो यस्तै खाले आर्थिक शोषण भन्ने पनि छ । अर्को कुरा धेरै उमेर पुगेपछि मात्र पेन्सन दिनुपर्ने व्यवस्था छ । हाम्रो माग भनेको ५५ वर्षमा पेन्सन पाउनुपर्छ । तर, केही पार्टीले ६७, ७० अनि ७५ वर्ष पुगेपछि मात्र पेन्सन दिनुपर्छ भन्ने माग गरेका छन् । तलब पनि कम्ति दिएको छ, ट्याक्स पनि बढी तिर्नुपरेको छ । यहाँको पुँजीपति वर्ग र मजदुरबीच अत्यन्तै भिन्नता छ । पुँजीपतिलाई ट्याक्स नलाग्ने, मजदुरले भने ट्याक्स तिनुपर्ने अवस्था छ । हामीले त्यसकाविरुद्ध पनि आवाज उठाइरहेका छौं ।
विजयी बन्नुहुन्छ त,नेपाली समुदायबाट के आशा राख्नु भएको छ ?
हाम्रो पार्टीको भोट प्रतिशतको आधारमा हुन्छ । त्यसमा पर्सनल भोट पनि गनिन्छ । प्रतिशतको आधारमा यो पार्टीले यतिवटा सभासद् पायो भन्ने बित्तिकै त्यो सभासद कसरी पठाउँछ भन्दा व्यक्तिगत भोट जसको बढी छ त्यसको आधारमा पनि हुन्छ । यदि हाम्रो पार्टीले धेरै भोट ल्याएको खण्डमा संसदमा मेम्बर पठाउनुपर्ने हुन्छ उसको पर्सनल भोट कति छ भन्ने आधार हेरेर संसदमा पठाउने भएको हुनाले नेपालीहरुले भोट दिएर मेरो भोट बढी भयो भने र पार्टीले जित्यो भने म अवस्य जान पाउँछु । त्यसमा मलाई कुनैपनि शंका छैन । त्यसकारणले गर्दा पनि म बेल्जियममा रहनु भएका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई नेपालीहरुको एकतालाई एकढिक्का बनाएर सहयोग गर्न, नेपाली एकता कायम राख्न र एउटा नेपाली भएको नाताले भोट दिएर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु । पार्टीसँगै घरदैलो त गरेको छु तर व्यक्तिगत रुपमा नेपाली दाजुभाइ दिदीबहिनीको घर–घर पुग्न सकेको छैन । यहिबाट अनुरोध गर्दछु । यहाँहरुको भोट मेरा लागि अमुल्य हुनेछ । नेपाल र नेपालीका गर्वको विषय पनि बन्नेछ भन्ने आसा गर्दछु ।
वि.सं.२०७६ जेठ १२ आइतवार ११:४६ मा प्रकाशित























