back
CTIZAN AD

लघु कथा- हराम प्रसादको फूर्ति

वि.सं.२०८२ मंसिर १८ बिहीवार

6K 

shares

मूरलीचोक थानाका थानेदार हराम प्रसाद दर्जाले सई भएपनि चुरीफुरीले ठुलै हाकिम बराबरै रवाफिला थिए । जिल्लाका डिएसपी मात्र होईन आफुलाई मन नपर्दा सीडीओ नै परिवर्तन गराईदिन्छु भन्न भ्याउथे उनी । एकपटक यस्तै काकताली परेछ पनि । सई सावले एक साँझ केहि आफुभन्दा जुनीयर र केहि बाहिरका मानिस ( बिभागले नचिन्ने) लाई बोलाएर ‘डिएसपीको फुर्ति मैले देखाईदीन्छु’ भन्दै तातीएर बोलेको एक हप्तामै जिल्लाका डिएसपिको सरुवा भएछ । बिचरा इमानदारका पगरी गुथेका जुनीयरलाई के थाहा उनीहरुलाई भ्रम नै परेछ कि आफनो थानेदार निकै शक्तिशालि रहेछ । तर त्यहाँ सत्य के थियो भने बिभागले उनको काम मन पराएर बिशेष टास्कका लागी डिएसपीको अन्यत्र सरुवा भएको थियो । अर्को सत्य पनि के थियो भने हराम प्रसाद थानेदार भएको लामो समय त्यहाबाट सरुवा हुन परेको थिएन । जिल्लाका हाकीम, अरु थानाका हाकीम बाराम्बर सरुवा हुँदा उनी त्यहि टिकिरहेका थिए । उनी त्यहाँ टिक्न सकेको कारण आफनो शक्ति नै हो भनेर अरुलाई खुल्लमखुल्ला ढाट्ने गर्दथे ।अरु बिचरालाई के थाहा, उनी लाज, शरम, घिन नमानि प्रसाद बटुल्थे र माथी भेटी चढाउथे ।

उनी मूरलीचोक थानालाई बिर्ता ठान्थे । यतिसम्म गर्थे की मूरलीचोक थाना ‘क’ श्रेणीको हुदासाथ ईन्सपेक्टरको दरबन्दी आउछ भनेर उनी सो थानालाई ‘ख’ राखीराख्न अनेक षडयन्त्र गर्दथे । उनी चौकीको थप बिकासका बाधक मात्रै बनेनन् की आफनै योग्यता, क्षमता बढाएर आफै ईन्सपेक्टर बन्ने सोच नै आएन बिचरालाई । थानेदार भएको आठ बर्षसम्म लिएको स्वाद र मस्तिमा लिप्त उनलाई संगठन र ब्यक्तिलाई घाटा बढदै गएको पत्तै भएन । बरु उनको कमजोरी उनैलाई भनिदिने दुई जना असई र एक जना हवल्दारलाई उनले अविवेकी सरुवा गराएका थिए ।

एकदिन हराम प्रसाद टवाइसीलाई संगै कार्यकक्षमा राखेर आफनो शक्तिको बखान के गर्दै थिए । ठिक त्यहि बेला जिल्लाको नयाँ डिएसपी शानमानका साथ त्यहा आईपुगे । ‘लौ हराम साब यो चौकी क श्रेणीमा अपग्रेट भयो । नयाँ ईन्सपेक्टर साब सहित हाल सात जना थपिएको छ । ल ईन्सपेक्टर रामहरी साबलाई स्वागत गर्नुस ।’ बिचरा हरामप्रसाद कालोनिलो भयो र हस साव भन्दै आफैले खेदेको पुरानो असईलाई नयाँ हाकीमको रुपमा सलाम ठोक्यो ।

वि.सं.२०८२ मंसिर १८ बिहीवार १४:३८ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...