back
CTIZAN AD

सुसेली

वि.सं.२०८३ जेठ १६ शनिवार

1.1K 

shares

सुशील आचार्य
तारकेश्र्वर ५ , काठमाडौँ


जिन्दगी कस्तो
सधैं आफ्नो मनले
सोचेको जस्तो ।


खुसी भइन्छ
जता नातागोता छन्
त्यतै गइन्छ ।


नभए गेडा
हुने रै`छन् हजुर
सबै नै टेडा ।


संसार कस्तो
सधैँ बलेको आगो
ताप्ने नै जस्तो ।


अचम्म लाग्छ
सधैँ मेरो मनमा
यै कुरा जाग्छ ।


कुरा छ यस्तो
मनकारी मान्छेले
बुझेकै जस्तो ।


अगाडि सर्नु
दु:खी रोगी गरिब
मा सेवा गर्नु ।


मानव चोला
सेवा धर्म नगरे
भन के होला ।


त्यसैले आऊ
प्राणी सेवा गरेर
नाम कमाऊ ।

१०
गर्दैछु ध्यान
मलाई त हजुर
यस्तै भो ज्ञान ।

वि.सं.२०८३ जेठ १६ शनिवार ०७:१६ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...