back
CTIZAN AD

सुसेली

वि.सं.२०८३ जेठ ३० शनिवार

1.2K 

shares

टेक बहादुर लौडारी
भानु ४ , तनहुँ,

‌‌ आयो असार
बिउरोपी धानको
खेत सिंगार।

हिलो खेलेर
अन्न धान फलाऊँ
माटो पेलेर ।

तत्थ्य बुझौं त
नेपाल यो सिंगार्ने
माली कृषक।

सोझा कृषक
बिचौलिया बीचैमा
खान्छ नाफा त।
‌‌ ४

उपभोक्ताले
चुलो बाल्न धौभयो
नाच्छन् गोताले।

ठूला बुढाले
आफ्नो दुनो सोझ्याए
कुरै कुराले।

दही च्युराले
काम गरी खा! भन्छ
हुन्न कुराले।


धेरै प्रकोप
बिचरा किसानले
भोग्नु पर्दछ।

कृषि आधार
माटो सित माग्नुछ
अन्न जुहार।

मुख्य माटो हो
रक्षा गरौं मिलेर
सीमा पाटोको।
१०

वि.सं.२०८३ जेठ ३० शनिवार ०७:४७ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...