रमा खतिवडा, पोखरा
मलाई दिवाना अधरले बनायो
लजाएर हेर्ने नजरले बनायो
तिमीबाट टाढा हुने मन थिएन
मलाई बिरानो डलरले बनायो
तिमी सुन्न सक्छौ र मेरो कहानी
चिसो यो सिरानी कहरले बनायो
छ यो तन दुखेको निकै भित्रभित्रै
बिरामी अझै मनको डरले बनायो
नियाल्थेँ म तारा सँगै चित्र तिम्रो
लुकायो नदेख्ने सगरले बनायो
बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान: फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन: १२२ – १२२ – १२२ – १२२
काफिया : अर्
तहलिली रदिफ : ले
रदिफ : बनायो
अभ्यास : स्वर्ण पाठशाला
वि.सं.२०८३ भदौ ६ शनिवार ०९:५४ मा प्रकाशित






























