आकाङ्क्षा बलामी
ग्रीन हिल स्कुल , फर्पिङ
कक्षा ६
आदिकवि हुन्
नेपाली भाषाका यी
भानु रवि हुन् । १।
रामायणको
उल्था भाषा नेपाली
संस्कृतको हो ।२ ।
कविता लेखे
आदिकवि भानुले
भविष्य देखे ।३।
बने महान
नेपाली भाषा हाम्रो
भानु मुहान ।४।
गरे विचित्र
सबैको नजरमा
बने पवित्र ।५।
तृष्णामा थिए
उनका हजुरबा
श्रीकृष्ण थिए ।६।
शिक्षा पिएका
सामाजिक सेवाको
भाव लिएका ।७।
मोतीरामले
रामायण किताब
भयो धाम रे ।८।
प्रेरणा लिन्छौँ
नेपाली भाषामा नै
रचना दिन्छौँ । ९।
मनाउँ हामी
भानुभक्त जयन्ती
सधैँको लागि ।१०।
वि.सं.२०८३ भदौ ६ शनिवार ०९:५३ मा प्रकाशित






























