भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही
१.
एकछिन खुब मच्चिए
आखिरमा गएर बिचरा
नराम्ररी भुइँमा थच्चिए ।
२.
केटाकेटीले रहर गरे
ढङ्ग नपुगेर आखिर
खुबै अलमलमा परे ।
३.
छैनौ पाको काेही
ढुङ्ग्रो किन लुकाउँछौ
माग्ने भए मोही ।
४.
काेही छैन लाटो
बुझ्छन् कुरा मान्छेले
ल्यायौ आफैँले फाटो ।
५.
गर्न नपाएमा मनपरी
सधैँ ठुस्स पर्छौ
सकिन्छ त कसोगरि ?
६.
नछाड्दा पनि कस
चित्त बुझ्दैन कसैको
कसरी मिल्ला जस ?
७.
देखेर तिम्रो चालचलन
सशङ्कित भए मान्छे
विश्वासको भयो स्खलन ।
८.
हिमाल पहाड तराई
सबै हामी बराबर
काेही छैनन् पराई ।
९.
नारा ओकल्छन् एक
गर्छन् काम अर्कै
देख्न पाइन्छ अनेक ।
१०.
बनाएर बलिको बोको
पूरा गर्यो चङ्खेले
आफ्नो मनको धोको ।
वि.सं.२०८३ भदौ ६ शनिवार ०९:५१ मा प्रकाशित






























