back
CTIZAN AD

कविता : कति हार्दिक छन्

वि.सं.२०८३ भदौ ६ शनिवार

shares

इन्दिरा प्रयास, काठमाडौँ

भन जीवन के कति मानवका अनुकूल कहाँ सजिला पन छन् ,
भर थेग कहाँ जन चेत कहाँ खहरे सरिका कति सज्जन छन् ।
छर हर्ष नयाँ गर तर्क नयाँ शुभकार्य गरे कति कञ्चन छन् ,
पढ पाठ नयाँ गर आँट नयाँ खुसहाल बुझे नव दर्शन छन् ।१।

कति दुश्मन छन् कति सज्जन छन् परिवार सँगै कति अर्चन छन् ,
कति दानव छन् कति मानव छन् धरणी भरमा कति ताण्डव छन् ।
धन दाैलतले कटु कल्मष भाे रिसराग सँगै कति दुश्मन छन् ,
कुविचार बढी छलछाम गरी अभियान नयाँ कति सिर्जन छन् ।२।

न त उन्नति भाे प्रतिकूल हुँदा दिनरात भयाे न त अब्बल छन् ,
चलखेल बढी घनघाेर यहाँ अति शङ्कटले किन कम्पित छन् ।
व्यभिचार भएपछि पत्थर झैँ अति दु:ख दिने नव तस्कर छन् ,
गिरिशैल चढी चिन दुष्टहरू जनका मनमा शिव शङ्कर छन् ।३।

मन सादर छन् जन चिन्तन छन् पन तीब्र प्रवाहित आदर छन् ,
अझ चेतन हुन् अनि बादलका भव आकृति यी कति सुन्दर छन् ।
धन मालिक नै जनपूजन छन् अनि मानवका नवजीवन छन् ,
जनसागरका गति नाप्छ कतै कति डाक्टर छन कति सर्जन छन् ।५।

जति आस्तिक छन् उति नास्तिक छन् न त निश्छल छन् न त निर्मल छन् ,
न त साधक छन् न त सार्थक छन् जनका मनमा अति बाधक छन् ।
प्रतिभामय छन् अनि सुन्दर छन् जन भाव अहाे कति मार्मिक छन् ,
हरयत्न गरे प्रभु पाउ परे मन मन्दिरमा कति हार्दिक छन् ।५।

छन्द : दुर्मिला
गण : स – स – स – स – स – स – स – स
सङ्केत : IIS – ISS- IIS – ISS- IIS – ISS- IIS – ISS

वि.सं.२०८३ भदौ ६ शनिवार ०९:५० मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...

कविता : के कामको शासन

कविता : के कामको शासन

बिमला चन्द सानू, बैतडी हाल : काठमाडौं लाखौं छन् घरभित्र...