back
CTIZAN AD

कविता : सत्तानायक नामका!!

वि.सं.२०८३ साउन ३० शनिवार

shares

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ

भारेभुरे सबै भेडा सत्ताका हार हारमा
बसी बुरुक्क उफ्रिन्छन् स्वार्थका एक प्यारमा!
आफ्नै बास जलाएर वितण्डा उठ्न तत्पर
जहाँ पुगुन् जता उक्लुन् खरानी भष्मका घर!!

उही ढर्रा उही चाला नयाँका स्वाङ गर्दछन्
असार बिउमा छैन खरानी मात्र छर्दछन् ।
विदेश के ? थाहा छैन घुमे मेसिन जो गए
बिचरा कलिला ओठ सत्ता ट्वाल्ल परी रहे ।१।

झुन्ड झुन्ड समाएर झुन्डकै झुन्ड झुन्डिने
भाँडाकुटी हुने हात सत्ता स्वाँठ सबै छुने ।
सिँङाने पिँजडा प्राज्ञ ईर्ष्या जलनका घर
यस्ताका हातमा सत्ता लाग्छ, जर्जर जर्जर ।२।

पैले झोला थियो एक झोले नारा दिने यिनै
भिक्षाझोली अझै झोले छन् दोबर यिनै यिनै ।
कृपा होस् ग्याङ हाम्रो छ भिक्षा माग्ने यिनै यिनै
महादास सबै सत्ता रणभुल्ल यिनै यिनै ।३।

वनभोज कतै गर्लान् आश्चर्य हुन्न यो यता
र्यापर्याप सबै ट्यापे बालबच्चा जतातता!
माग राखौँ यिनी दिन्छन् खरानी भष्म छन् यत।
खोस्ने बन्दुक पेल्दै छन् बन्दुक नै जतातता ।४।

ध्वंशनायकले ध्वंश अङ्गार नै उबाउँछ
जताततै यिनै ध्वंश धुवाँधार धुवाउँछ ।
विनाशका सबै पुत्र पुत्री विनाशकै छत
मात्र आसनमा उक्ली पार्दै फोहोर लत्पत ।५।

सजिलो छ यता आगो झोस्दा बल्दछ हर्हर
सजिलो छ यता खोस्न छर्रा बन्दुक छर्छर ।
सजिलो छ लिँदा सत्ता दिँदा हुन्छ कि भार यो
यही चाल यही हाल जिन्दगी वारपारको ।६।

बन्न लाग्दछ यो वर्ष सय हजार लाखको
बिग्रिने पलमै हुन्छ सन्काहा बल चाखको ।
नियुक्तिका नयाँ खाका भिखारी जनमा छरी
स्वामी दरिद्रका दाग लायौ अङ्ग भरी भरी ।७।

रसातल यिनैभित्र झर्यौ तला तला तल
रिङ्गटा शिरमा छाम हिलो पाउ छ थल्थल ।
उठ्यौ आगो बनी,सुत्छौ जलमग्न समाधिमा
न सास आसको ठाउँ हुरी तूफान व्याधिमा ।८।

छन्द : अनुष्टुप

वि.सं.२०८३ साउन ३० शनिवार ०७:०४ मा प्रकाशित

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

कविता : के कामको शासन

कविता : के कामको शासन

बिमला चन्द सानू, बैतडी हाल : काठमाडौं लाखौं छन् घरभित्र...

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...