back
CTIZAN AD

गजल

वि.सं.२०८३ साउन ३० शनिवार

shares

भूपाल अधिकारी, विराटनगर

सत्यवादी खुब जहाँ लाचार हुन्छ
धुन्धुकारीको त्यहाँ जयकार हुन्छ

पाउलान् पीडितले साँच्चै न्याय कसरी
उच्च पदमा चोरको सरदार हुन्छ

वेदना होला त्यही मनमा हमेसा
जुन हृदयमा दुःखको भण्डार हुन्छ

प्रायःजसले बोक्छ हिंसात्मक इरादा
हातमा त्यसको सधैँ हतियार हुन्छ

सोच मानिसको छ जस्तो देख्छ त्यस्तै
धारणा अनुसारकै संसार हुन्छ

बहर: रमल मुसद्दस सालिम
अर्कान : फाइलातुन् , फाइलातुन् , फाइलातुन्
वजन : २१२२ – २१२२ – २१२२
काफिया : आर
रदिफ : हुन्छ
अभ्यास ; परिश्रमी पाठशाला

वि.सं.२०८३ साउन ३० शनिवार ०७:०६ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...

कविता : के कामको शासन

कविता : के कामको शासन

बिमला चन्द सानू, बैतडी हाल : काठमाडौं लाखौं छन् घरभित्र...

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...