back
CTIZAN AD

सुसेली : इन्द्रेणी

वि.सं.२०८३ साउन ३० शनिवार

shares

समृद्धि के.सी.
ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६

आकाशै माथि
सातै रङ्ग पोखियो
सुन्दर साथी ।१।

झरी रोकियो
आकाशको ढोकामा
रङ्ग पोखियो ।२।

घाम र पानी
मिलेर कोरे हेर
रङ्गीन नानी । ३।

निलो आकाश
सातै रङ्ग पोखियो
छर्यो सुवास ।४।

हेरी रमाऊँ
आकाशको काँधमा
चित्र बनाऊँ । ५।

सप्तरी माला
प्रकृतिले पहिरी
सुन्दर बाला । ६ ।

बादल पार
झुल्कियो इन्द्रेणी त
मायाको हार । ७।

बच्चा रमाए
फोटो खिच्न सबैले
फोन समाए । ८।

सुहायो हार
आकाशको गलामा
उज्यालो सार । ९।

रङ्गीन भाका
खुुसी छर्छ गगन
उज्यालो ढाका । १०।

वि.सं.२०८३ साउन ३० शनिवार ०७:१० मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...