back
CTIZAN AD

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

वि.सं.२०८३ साउन ३० शनिवार

15 

shares

कृष्णप्रसाद पौडेल ‘जस्ताधरे’
विदुर -४, बट्टार, नुवाकोट

कर्ममा रमाउँदै विचारले तिखारिँदै ।
ग्रीष्मका वसन्तका अनेक याम सम्झिँदै ॥
लाख लाख वन्दना हुँदा सुरेन्द्र झुल्किऊन् ।
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ॥ – १

पुत्रसाथमा वधू मिलेर कर्म हाँक्दछन् ।
गेहमा बुबामुमा प्रसन्नता दिलाउँछन् ॥
स्वर्गतुल्य गेह हो भनेर मान्न तम्सिऊन् ।
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ॥ – २

बाल वृद्ध रुग्णका अनेक दुःखकष्ट छन् ।
प्रौढ पुत्र नातिका विभिन्न चालढाल छन् ॥
सख्त जीर्ण व्यक्तिका दशा र विघ्न सिद्धिऊन् ।
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ॥ -३

नातिनातिनाहरू रमेर खेल खेल्दछन् ।
झ्यालबाट वृद्ध बा मुमा दुबै नियाल्दछन् ॥
वृद्ध बालबालिका रमाइला कला रचून् ।
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ॥ -४

पुत्र नातिनातिना सुकर्ममा सदा भिडून् ।
वृद्ध बा र मातृका हियारका घडा बनून् ॥
गर्वसाथ हर्षका अपार भेल बर्सिऊन् ।
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ॥ -५

साथ छोड्नु हुन्न है बुबामुमा र ज्येष्ठका ।
बात सुन्नुपर्छ ती अमूल्य दिव्यखालका ॥
गेह धाम बन्छ है मुरारिका कृपा मिलून् ।
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ॥ – ६

छन्द : तूणक / चामर
गण : र – ज – र – ज – र
सङ्केत : ऽ।ऽ – ।ऽ। – ऽ।ऽ – ।ऽ। = ऽ।ऽ
यति: ७ अक्षरमा

वि.सं.२०८३ साउन ३० शनिवार ०७:१६ मा प्रकाशित

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...