back
CTIZAN AD

साउन विशेष झिल्का कविताहरू

वि.सं.२०८३ साउन ३० शनिवार

shares

वसन्त अनुभव, वसन्तविहार


रिमझिम झरी पर्‍यो
भयो हरियाली चारैतिर
प्रकृतिले कोख भर्‍यो।


अविरल वर्षा भयो
लागे खेतमा बालीनाली
दुःख मनको गयो।


शिवजीलाई जल चढाएँ
साउने पावन मेलामा
श्रद्धा अधिकतम बढाएँ।


हातैमा हरियो चुरा
गाढा मेहन्दी लगाएर
रहर बनाऔँ पूरा।


बस्तीमा बाढी पस्यो
गरिबको सानो झुपडी
पहिरोले मुनि धस्यो।


साउनको ठूलो झरी
बनेर आउनेछ सहकाल
हटाउनेछ अवश्य भोकमरी।


हिलाम्मे भए बाटो
यात्रा भयो अवरुद्ध
भत्किई जाँदा माटो ।


उर्लिइँदा साउने खोला
कति कोख रित्तिए
कतिको मेटियो चोला ।


जताततै भयो हरियाली
रुखविरुवा घाँस पलाउँदा
कतै रहेन खाली ।

१०
असारे साउने विकास
हुन्छ धमाधम यतिबेला
कहिले पाउँला निकास ।

वि.सं.२०८३ साउन ३० शनिवार ०७:१४ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...