back
CTIZAN AD

गजल

वि.सं.२०८३ साउन ३० शनिवार

shares

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ

दिल निकै पग्लियो के भयो यस्तो
चाहना पोखियो के भयो यस्तो

दुख्न थाल्यो हृदय बेसरी आज
घाउ झन् बल्झियो के भयो यस्तो

तिक्ततामा डुबेको हृदय फेरि
हर्षले फुर्कियो के भयो यस्तो

हाँस्न खोज्दै थिए यी अधर मेरा
आँसु पो बर्सियो के भयो यस्तो

जादु उनको चल्यो दिल भयो चञ्चल
मन मेरो भाँडियो के भयो यस्तो

बहर : मुतकारिब मुतदारिक मक्तुअ
अर्कान : फाइलुन् फाइलुन् फाइलुन् फैलुन्
वजन : २१२ – २१२ – २१२ – २२
काफिया : इयो
रदीफ : के भयो यस्तो
अभ्यास : हाम्रो गजल पाठशाला

वि.सं.२०८३ साउन ३० शनिवार ०७:०७ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...

कविता : के कामको शासन

कविता : के कामको शासन

बिमला चन्द सानू, बैतडी हाल : काठमाडौं लाखौं छन् घरभित्र...

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...