back
CTIZAN AD

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

वि.सं.२०८३ साउन १७ आइतवार

1.2K 

shares

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) ले नयाँ सरकार गठनसँगै गैरआवासीय नेपाली (एनआरएन) का अधिकारका विषयमा सरकारलाई सम्बोधन गर्दै महत्त्वपूर्ण आग्रह गरेका थिए।
पुर्जाले अप्रिल ९ मा स्टाटस लेख्दै आफूले गरेको आग्रहलाई सरकारले सुन्ने विश्वास समेत व्यक्त गरेका थिए ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा उनले विश्वभर रहेका ४२ लाखभन्दा बढी नेपालीले वार्षिक करिब ९ अर्ब अमेरिकी डलर रेमिट्यान्स नेपाल पठाइरहेको उल्लेख गर्दै यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २५ प्रतिशत रहेको सरकारलाइ सम्झाएका थिए।

उनले नेपालका झण्डै आधा परिवारको जीविकोपार्जन विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्समा निर्भर रहेको उल्लेख गर्दै, यही समुदायलाई राज्यले अझै पनि पूर्ण नागरिकसरह अधिकार नदिएकोप्रति प्रश्न उठाएका थिए।

पुर्जाले गैरआवासीय नेपालीले मतदान गर्न नपाउने, पुर्ख्यौली सम्पत्ति व्यवस्थापनमा कानुनी र प्रशासनिक कठिनाइ भोग्नुपर्ने तथा उनीहरूलाई व्यवहारमा बाहिरी व्यक्तिजस्तै गरिने अवस्था अन्त्य हुनुपर्ने बताएका थिए। विदेशमा रहेका नेपालीहरू रहरले नभई बाध्यताले देश छाड्नुपरेको र उनीहरूले निरन्तर नेपालमा लगानी, सहयोग तथा रेमिट्यान्समार्फत अर्थतन्त्रलाई टेवा दिइरहेको उनको भनाइ थियो।

उनले वर्तमान पुस्ताका गैरआवासीय नेपाली नेपालमै जन्मिएकाले मातृभूमिसँग भावनात्मक सम्बन्ध रहेको भए पनि उनीहरूका सन्तान र भावी पुस्तामा त्यो सम्बन्ध कमजोर हुन सक्ने चिन्ता व्यक्त गरेका थिए। राज्यले उनीहरूलाई नेपालसँग जोड्ने नीति नल्याए भविष्यमा रेमिट्यान्सको आधारसमेत कमजोर बन्न सक्ने उनको चेतावनी थियो।

निर्मल पुर्जाले संविधानको धारा १४ मा व्यवस्था गरिएको गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई संशोधन गरी मतदान अधिकारसहित पूर्ण नागरिक अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए। उनले सम्पत्ति, लगानी, व्यवसाय र अन्य संवैधानिक अधिकारमा पनि गैरआवासीय नेपालीलाई समान अवसर दिनुपर्ने बताएका थिए।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘एकपटक नेपाली, सधैं नेपाली’ भन्ने भनाइ उद्धृत गर्दै, यो सिद्धान्त वर्तमान गैरआवासीय नेपाली मात्र नभई उनीहरूका सन्तान र भावी पुस्तामा समेत लागू हुनुपर्ने उल्लेख गरेका थिए।

सन्देशमा उनले विगतमा बिचौलिया र स्वार्थ समूहका कारण गैरआवासीय नेपालीका मुद्दा ओझेलमा परेको आरोप लगाउँदै नयाँ सरकारप्रति भने आशा व्यक्त गरेका थिए। सरकारमा आएका नयाँ पुस्ताका नेतृत्वले देशलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले नियमलाई सरल बनाउन, बिचौलियाको अन्त्य गर्न तथा नेपालमा जन्मिएका वा नेपाली मूलका व्यक्तिलाई पूर्ण नागरिक अधिकार प्रदान गर्न सरकारसँग आग्रह गरेका थिए।

अन्त्यमा उनले, “हामीलाई विश्वास छ, यो सरकारले सही निर्णय गर्नेछ,” भन्दै लाखौं गैरआवासीय नेपालीको तर्फबाट सरकारसमक्ष समान अधिकार सुनिश्चित गर्न आग्रह गरेका थिए।

बेलायती सेनाको ‘ब्रिगेड अफ गोर्खाज’ मा समेत सेवा गरेका पुर्जाले शायद एनआरएनको मर्म बोलेका थिए ।

(यतिबेला निर्मल पुजा अर्थान् निम्स दाई अब हामी माझ छैनन, तर उनले उचालेको नेपालको सान विश्वमा चर्चाको विषय बनिरहेको छ । निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय आरोही टोली पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा करिब छ हजार ७०० मिटरको उचाइमा पुगेपछि हिमपहिरोमा परेको थियो । टोलीमा छ नेपाली र चार विदेशी आरोही सहभागी थिए । ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली )

वि.सं.२०८३ साउन १७ आइतवार १२:२३ मा प्रकाशित

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली...