back
CTIZAN AD

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

वि.सं.२०८३ साउन १७ आइतवार

126 

shares

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को दृश्यावलोकन गराउन उडाइएको थियो ।
नाज्का नगरपालिकाका अनुसार विमान नजिकैको इका सहरबाट उडेको थियो । पेरुभियाली कम्पनी एरोडियानाद्वारा सञ्चालित उक्त विमानले विगत १४ वर्षदेखि ‘सेसना ग्रान्ड क्याराभान’ विमानमार्फत नाज्का लाइन्समाथि दृश्यावलोकन उडान सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ ।

नाज्का लाइन्स पेरुका प्राचीन बासिन्दाले मरुभूमिमा कुँदेर बनाएका विशाल भू–चित्रहरूको समूह हो । जनावरका आकृतिमा रहेका यी भू–चित्रहरू विमान वा विशेष दृश्यावलोकन टावरबाट मात्र स्पष्ट रूपमा देख्न सकिन्छ ।

पेरुको यातायात मन्त्रालयका अनुसार दुर्घटनामा १८ देखि ५४ वर्ष उमेर समूहका सात इटालियन, ५२ वर्षका दुई स्पेनी तथा ७७ र ७८ वर्षका दुई जर्मन नागरिकको मृत्यु भएको छ । साथै, पाइलट अमेरिको सालाजार र सहपाइलट इरेन्का गुआनिलो डेल कार्पियोको पनि ज्यान गएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति केइको फुजिमोरीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै नाज्का विमानस्थलको अस्थायी सञ्चालन स्थगन गर्ने विषयमा सम्बन्धित मन्त्रालयहरूको प्रतिवेदनपछि निर्णय गरिने बताएका छन् ।

पेरुभियाली अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको बताएका छन् । एरोडियाना कम्पनीले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।(रासस/एपी) 

वि.सं.२०८३ साउन १७ आइतवार १२:१९ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...