back
CTIZAN AD

जेन्जी आन्दोलनका क्रममा फरार कैदी भरुवा बन्दुकसहित पक्राउ

वि.सं.२०८३ साउन १७ आइतवार

108 

shares

चितवन । जेन्जी (जेन–जेड) आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई भरुवा बन्दुकसहित चितवन प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०८२ चैत २३ र २४ गते भएको जेन–जेड आन्दोलनका क्रममा जिल्ला कारागार भरतपुरबाट फरार भएका मधुमाया विकका छोरा २९ वर्षीय आईसिंह लामिछाने पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनी कारागारबाट फरार भएपछि लामो समयदेखि फरार सूचीमा रहेका थिए। विशेष सूचनाका आधारमा खोजतलासका क्रममा आइतबार बिहान करिब १०:१५ बजे भरतपुर महानगरपालिका–५ स्थित पण्डारा शिवनगर क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो।

पक्राउका क्रममा लामिछानेको साथबाट एक थान भरुवा बन्दुक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीले पक्राउ परेका लामिछानेमाथि आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ।

#प्रहरी #फरार कैदी

वि.सं.२०८३ साउन १७ आइतवार १३:०७ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...