back
CTIZAN AD

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

वि.सं.२०८३ भदौ ७ आइतवार

15 

shares
किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताएका छन् । पूर्वरक्षामन्त्रीले चुनाव गराउनुपर्ने माग गरेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।“यस्तो युद्धका बेला चुनाव गराउनु आफैँमा ठूलो जोखिम हो । अहिलेको अवस्थामा चुनाव गराउनु देशका लागि सुनामीसरह हुनेछ, जसले युक्रेनलाई विभाजित गर्नेछ”, जेलेन्स्कीले भने ।
रुसी सेनाविरुद्ध युद्धमा केन्द्रित युक्रेनले ‘मार्शल ल’ लागू भएपछि चुनाव स्थगित गरेको छ । जनताले पनि अहिले चुनाव नगराउने निर्णयलाई व्यापक समर्थन गरेको बताइएको छ ।
“यदि हामी देशलाई ध्वस्त पार्न चाहन्छौँ भने मात्रै युद्धका बेला चुनाव गराउने दिशामा अघि बढ्न सक्छौँ”, ४८ वर्षीय जेलेन्स्कीले भन्नुभयो ।उहाँले शनिबार एएफपीलगायत सञ्चारमाध्यमका पत्रकारसँग ब्रिफिङ गरेका थिए । विभिन्न राजनीतिक विवादबीच महिनौँपछि भएको यो पहिलो पत्रकार भेटघाट हो ।
जेलेन्स्कीले पूर्वरक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाएपछि युक्रेनमा राजनीतिक विवाद चर्किएको थियो । फेडोरोभले यसै साता चुनाव गराउने उपाय खोज्नुपर्ने माग गर्नुभएको थियो । यद्यपि, उनले त्यसका लागि कुनै ठोस कार्ययोजना प्रस्तुत गरेका थिए ।
विशेषज्ञहरूले युद्धका बेला चुनाव गराउँदा सैनिक, विदेशमा रहेका लाखौँ युक्रेनी नागरिक तथा रुसी नियन्त्रणमा रहेका क्षेत्रका बासिन्दाले कसरी मतदान गर्ने भन्ने प्रश्न उठाएका छन् । साथै, रुसबाट हुन सक्ने गलत सूचना प्रवाहको जोखिम पनि रहेको उनीहरूको भनाइ छ ।
‘किभ इन्टरनेसनल इन्स्टिच्युट अफ सोसियोलोजी’को सर्वेक्षणअनुसार केबल १५ प्रतिशत युक्रेनी नागरिक युद्ध समाप्त हुनुअघि चुनाव गराउने पक्षमा छन् ।
ब्रिफिङका क्रममा जेलेन्स्कीले फेडोरोभको आलोचना गर्दै उनी “गलत दिशातर्फ अघि बढिरहेको वा कसैले त्यसतर्फ धकेलिरहेको”, टिप्पणी गरे ।
जेलेन्स्कीले विरोध प्रदर्शन गर्ने अधिकार सबैलाई भए पनि सैनिकप्रति अनादरपूर्ण व्यवहार नगर्न आग्रह गरे । उनले समाज र सेनाबीच विभाजन हुन नहुने बताउँदै यस्तो विभाजनले देशलाई थप जोखिममा पार्न सक्ने चेतावनी दिए । (रासस/एएफपी)

वि.सं.२०८३ भदौ ७ आइतवार १८:१६ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...