back
CTIZAN AD

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

वि.सं.२०८३ भदौ ६ शनिवार

987 

shares

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय शिवान तामाङ दुई दिनसम्म हराएको र सकुशल भेटिएको खबर सहजै विश्वास गर्न सकिदैन । भदौ २ गते बिहान ७ बजे घरनजिकैको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी हजुरआमा हेमकुमारी आले घर फर्किंदा नाति शिवान घरमा थिएनन् । त्यसपछि सुरु भयो, एउटा अबोध बालकको खोजी र एउटा परिवारको बेचैनी ।

स्थानीय बासिन्दा, प्रहरी र आफन्तले जंगलको कुनाकाप्चा खोजे । इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर र अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन भयो । खोजी निरन्तर चलिरह्यो। अन्ततः भदौ ४ गते बिहान करिब १० बजे, करिब ५० घण्टापछि, शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा शिवान फेला परेको सत्य समाचार आयो ।

उनलाई देख्नेबित्तिकै खोजीमा खटिएका मानिसहरूका आँखामा आँसु आए होलान् । परिवारको खुसीको त सीमा नै रहेन होला । तर शिवानलाई भेटिएपछि एउटा प्रश्न भने अझै सबैको मनमा गढिरहन्छ, करिब ५० घण्टा उनले कसरी बिताए होलान ? आफू अगाडि मानिसहरु देख्दा मनले के सोच्यो होला ? जब उनी भेटिए, न रुन न हाँस्न सकेको अनुहार अनि प्रहरीले उठाएर काखमा लिएर फर्किएको दृश्यले त झनै भावुक बनायो ।

क–कसलाई संम्झियौै होला शिवान ?
शिवान साढे दुई वर्षका मात्र छन् । संसार बुझ्ने उमेर होइन यो । आफू कहाँ छु भन्ने थाहा पाउने, बाटो सम्झने वा संकटको अर्थ बुझ्ने उमेर पनि होइन । रोए खान पाइन्छ सम्म बुझेका उनले भोक लाग्दा जंगलमा कति रोए होलानर रुँदारुँदा थाकेर निदाउँदा, अनि निद्रा खुल्दा एक्लै पाउँदा रुँदै आफन्त खोजे होलान् । उनका लागि घरको आँगन नै उनको संसार थियो होला । हजुरआमाको काख, परिवारका परिचित अनुहार र वरिपरिका आवाजहरू नै उसका लागि सुरक्षित संसार थिए ।

तर अचानक त्यो संसार हरायो ।

सायद सुरुमा उनी खेल्दै–खेल्दै केही पर पुगे होलान् वा हजुरआमाको पछि पछि लागे होलान । पछाडि फर्केर हेर्दा परिचित घर देखिएन होला । हजुरआमाको आवाज सुनिएन होला । घरको आँगन पनि भेटिएन होला ।

‘आमा…!’
अबोध बालकले आफ्नै भाषामा आमालाई खोज्यो होला । फेरि चिच्यायो होला । केही बेर रोयो होला । वरिपरि हे¥यो होला । तर जवाफमा मानिसको आवाज आएन होला । सुनियो होला त केवल जंगलका पात हल्लिएको आवाज, चराको चिरबिर, खोलाको सुस्केरा र अपरिचित आवाजहरू ।

कति पटक ‘आमा’ भनेर चिच्यायौ होला, शिवान ?
कति पटक ‘हजुरआमा’ भनेर करायौ होला ?

सायद तिम्रो आवाज धेरै टाढासम्म पुग्यो होला । तर तिमीलाई खोज्दै दौडिरहेका मानिसहरू र तिम्रो आवाजबीच जंगलको दूरीले पर्खाल बनाइदियो होला ।

पछिपछि जाँदा बाटो बिरायौ कि, शिवान ?
सानो बालकका पाइला साना हुन्छन् । उसले पाँच–दस कदम चाल्दा पनि ठूलै दूरी पार भएको जस्तो लाग्छ । जंगलमा भने केही कदमले नै अर्को संसारमा पु¥याउन सक्छन् ।

सायद तिमी कुनै आवाज, कुनै चराको पछि लाग्यौ होला । सायद कुनै फूल, पात, फल वा किरा देखेर त्यसतर्फ गयौ होला । बालमनलाई कहाँ थाहा हुन्छ—कुन बाटो घरतिर जान्छ र कुन बाटो झन् गहिरो जंगलतिर ?

एकछिनपछि फर्केर हेर्दा बाटो हरायो होला ।

अगाडि रूख । पछाडि रूख । दायाँ रूख र बायाँ रूख ।

सबैतिर उस्तै ।

सायद तिमी एक ठाउँमा उभिएर अलमलियौ होला । अनि फेरि हिँड्यौ होला । हिँड्दा–हिँड्दै अझ टाढा पुग्यौ होला ।

कुनै वयस्कका लागि जंगलको बाटो बिराउनु एउटा समस्या हो । तर साढे दुई वर्षका अवोध बालकका लागि कस्तो भयो होला ?

त्यो क्षणमा तिमीलाई ‘जंगल’ र ‘घर’ बीचको फरक थाहा थिएन होला । तर तिम्रो बालमनले एउटा कुरा भने अवश्य खोजिरहेको थियो होला, परिचित अनुहार ।

भोक, प्यास र निद्रासँग कसरी लड्यौ होला ?

करिब ५० घण्टा !

यो समयलाई घडीमा गन्न सकिन्छ र सजिलै पर्खन सकिन्छ । तर एउटा सानो बालकका लागि त्यो समय कति लामो भयो होला, कल्पना गर्न पनि कठिन छ ।

घरमा हुँदा केही घण्टा नखाई बस्न नसक्ने बालक जंगलमा पुगेपछि के खायो होला ?

तिर्दा लाग्दा पानी खान पायौँ की पाएनौँ !
खोलाको आसपास पुगेको हुनाले पानीको पहुँच भएको हुनसक्छ । तर साढे दुई वर्षको बालकले आफूलाई आवश्यक पानी कसरी खोज्यो होला भन्ने प्रश्नले मन झस्काउँछ ।

सायद तिर्खाले सताउँदा खोलाको आवाज पछ्याउँदै गयौ की ?

सायद केही थोपा पानीले मुख भिजायौ पनि होला ।

सायद भोक लाग्दा वरिपरिका बोटबिरुवा हे¥यौ होला । तर कुन खान मिल्छ, कुन मिल्दैन भन्ने तिमीलाई कहाँ थाहा थियो र ?

दिन ढल्दै गयो होला ।

जंगलको उज्यालो कम हुँदै गयो होला ।

बिस्तारै अन्धकार फैलियो होला ।

अनि आयो होला त्यो सबैभन्दा कठिन क्षण—रात ।

‘हजुरआमा’ भनेर कराउँदा जंगलले मात्र जवाफ दियो होला !

घरमा रात पर्दा तिमीलाई सायद कसैले काखमा लिन्थ्यो होला । सिरक ओढाइदिन्थ्यो होला । परिचित आवाजले थुमथुम्याएर सुताउँथ्यो होला ।

तर त्यो रात ?

न काख ।

न सिरानी ।

न परिचित आवाज ।

न घरको उज्यालो ।

न हजुरआमाको अनुहार ।

घना जंगलको अन्धकारमा एउटा सानो बालक एक्लै ।

कहिलेकाहीँ टाढाबाट कुनै आवाज आयो होला । तिमी झस्कियौ होला । कुनै पात खस्यो होला । तिमी डरायौ होला । कुनै जनावर हिँडेको आवाज आयो होला । तिमी झन् कस्सिएर कुनै रूख वा झाडीको छेउमा बस्यौ होला ।

सायद निदाउन खोज्यौ होला ।

तर डरले निद्रा नआएको पनि हुन सक्छ ।

कति पटक तिमीले आँखा खोलेर अँध्यारोमा हे¥यौ होला ?

कति पटक हजुरआमालाई खोज्यौ होला ?

कति पटक ‘आमा…’ भनेर रोयौ होला ?

तिम्रो त्यो आवाज जंगलको अँध्यारोले सुनेको होला । तर मानिसले सुन्न सकेनन ्।

काँडा र किरासँग संघर्ष भयो होला शीवान !

कहिले काँडामा अल्झियौ होला ।

कहिले लड्यौ होला ।

कहिले उठ्यौ होला ।

फेरि हिँड्यौ होला ।

कहिले कुनै किराले टोकेको होला । कहिले झाडीले शरीर कोतरेको होला । कहिले ढुंगामा ठेस लागेको होला ।

तर रोएर पनि तिमीलाई उठाउने कोही थिएन ।

घाउमा औषधि लगाइदिने कोही थिएन ।

‘के भयो बाबु?’ भनेर सोध्ने कोही थिएन ।

त्यो उमेरमा एउटा सानो चोट लाग्दा पनि बच्चा आमाको काख खोज्छ । तर त्यो काख त्यहाँ थिएन ।

सायद तिमी घाउमा हात लगाउँदै रोयौ होला ।

सायद आँसु पुछ्ने क्रममा झन् दुख्यो होला ।

तर फेरि उठ्यौ होला ।

किनभने बालमनले पनि बाँच्न खोज्दोहोला ।

सर्प र जंगली जनावरसंग कसरी छलियौ होला ?

जंगलमा के–कस्ता जीवजन्तु छन्, कुन आवाज खतराको संकेत हो, कुन आवाज सामान्य हो, छुट्याउन सक्ने अवस्थामा नै थिएनौ तिमि ।

सायद कुनै झाडी हल्लियो होला ।

सायद कुनै जनावर टाढाबाट करायो होला ।

सायद सर्प वा अन्य जीवको सम्भावित उपस्थितिले पनि त्रसित बनायो होला ।

तर प्रकृतिसँग लड्ने ज्ञान नभएपनि प्रकृतिमै बाँच्न बाध्य भयौ ।

यहीँनेर यो घटना झन् असाधारण लाग्छ ।

एउटा साढे दुई वर्षीय बालकले आफूलाई कसरी जोगायो ?

हामीसँग यसको निश्चित उत्तर छैन।

तर उनको सकुशल उद्धारले एउटा कुरा भने प्रमाणित गरिदिएको छ की मानिसभित्रको जीवनशक्ति उमेरले मात्र नापिँदैन ।

दोस्रो जीवन लिएर फर्किएको त्यो मुस्कान

भदौ ४ गते बिहान करिब १० बजे खोजी टोलीले भागर खोलाको सिरानमा शिवानलाई भेट्यो ।

त्यो क्षण कस्तो थियो होला ?

‘भेटियो!’

सायद कसैले चिच्यायो होला ।

एकछिनमा धेरै मानिस त्यहाँ पुगे होलान् ।

कसैले उठायो होला ।

कसैले काखमा लियो होला ।

कसैले पानी दियो होला ।
‘शिवान भेटियो!’

दुई दिनदेखि रोइरहेको घरमा एकैछिनमा खुसीको आँधी आएको होला ।

हजुरआमाले उनलाई काखमा लिएर कति बेरसम्म छाड्न सकिनन् होला ?

परिवारका सदस्यले उनलाई छातीमा टाँसेर कति आँसु झारे होलान ?

खोजीमा खटिएका प्रहरी र स्थानीयको मनमा कस्तो खुशि आयो होला ?

सायद त्यो क्षणमा सबैले एउटै कुरा महसुस गरे होलान, आज एउटा बच्चा मात्र भेटिएको छैन, एउटा परिवारको संसार फेरि फर्किएको छ ।

शिवानको कथा केवल एउटा परिवारको होइन

शिवान तामाङको कथा एउटा हराएको बालक भेटिएको समाचार मात्र होइन यो बालमनको अद्भुत जीवनशक्ति, परिवारको माया र समुदाय बिच मानवीय एकताको कथा पनि हो ।

सबैको आफ्नै बच्चा हराएको थिएन, तर सबैको मनमा एउटा बच्चा हराएको थियो ।

त्यसैले सबैले खोजे ।

प्रकृतिले पनि सायद बालसुलभता बुझ्यो

शिवानको शरीरमा लागेका घाउहरू उनको संघर्षका चिन्ह हुन् । तर उनी जीवित फर्किए ।

सायद प्रकृतिले उनको बालसुलभता बुझ्यो ।

सायद जंगलले उनलाई आफ्नो काखमा जोगायो ।

सायद खोलाको आवाजले उनलाई पानीतिर पु¥यायो ।

सायद कुनै झाडीले उनलाई चिसो र जनावरबाट बचायो ।

कसैलाई थाहा छैन, ती ५० घण्टामा वास्तवमा के–के भयो ।

तर यति अवश्य थाहा छ, त्यो सानो शरीरले आफ्नो उमेरभन्दा धेरै ठूलो संघर्ष ग¥यो ।

शिवान, तिमीलाई एउटा प्रश्न छ

शिवान, जब तिमी ठूलो हुनेछौ, सायद तिमीलाई यो घटनाको धेरै कुरा याद नहुन सक्छ ।

सायद तिमीलाई त्यो जंगल याद नहोला ।

सायद तिमीलाई त्यो रात याद नहोला ।

सायद तिमीले ‘आमा’ भनेर कति पटक बोलायौ भन्ने पनि थाहा नहोला ।

तिम्रो परिवारले कहिल्यै बिर्सने छैन ।

तिमीलाई खोज्ने मानिसहरूले कहिल्यै बिर्सने छैनन् ।

र तिम्रो अनुहारमा देखिएका ती साना घाउहरूले पनि तिम्रो जीवनको एउटा असाधारण अध्यायको कथा सुनाइरहनेछन् ।

कति पटक आमा भनेर चिच्यायौ होला, शिवान ?

कति पटक हजुरआमा भनेर करायौ होला ?

कति पटक घरको बाटो खोज्यौ होला ?

कति पटक भोकले सतायो होला ?

कति पटक तिर्खाले रुवायो होला ?

कति पटक डरले काँप्यौ होला ?

कति पटक अँध्यारोमा आँखाले परिचित अनुहार खोज्यौ होला ?

हामीसँग यी प्रश्नको उत्तर छैन ।

तिमी फर्कियौ ।

त्यही नै सबैभन्दा ठूलो उत्तर हो ।

कहिलेकाहीँ जीवनले सबै बाटा बन्द गरिदिएको जस्तो लाग्छ । चारैतिर अन्धकार हुन्छ । आफ्ना मानिसको आवाज सुनिँदैन । आफू कहाँ छु भन्ने पनि थाहा हुँदैन ।

तर त्यही अन्धकार पार गरेर कुनै बिहान आउँछ ।

शिवानका लागि भदौ ४ गते त्यो बिहान आयो ।

जंगलको एकान्तबाट एउटा सानो जीवन फेरि मानिसहरूको भीडमा फर्कियो।

र सायद त्यो दिन शंखदेवी सामुदायिक वनले पनि एउटा कथा आफ्नो छातीमा लेख्यो होला ।

‘यहाँ एउटा साढे दुई वर्षीय बालक ५० घण्टा हरायो, तर हारेर फर्किएन ।

ऊ जीवनसँग लडेर फर्कियो ।’

शिवान, तिमीलाई दोस्रो जीवनको शुभकामना ।
तिम्रो बाल्यकाल अब जंगलको डरले होइन, हजुरआमा र परिवारको न्यानो काख र मायाले भरियोस् ।
५० घण्टा जंगलसँग लडेर फर्किएको साढे दुई वर्षीय बालकको कारुणिक कथाले मलाई चीनमा रहेकी साढे दुई बर्षिया हाम्री नातिनी शियाको स्मरण गरायो । नातिनिले भिडीयोमा मलाई आमा भनेर संबोधन गर्दा सृष्टि चलेको अनुभुति र गर्व हुन्छ । शिवानको जंगलभित्रको त्यो ५० घण्टाको कल्पना गर्दा मेरो मनले बारम्बार एउटै प्रश्न गरिरहेको छ—यदि मेरी शियाजस्तै साढे दुई वर्षकी बालिका त्यस्तो घना जंगलमा एक्लै परेकी भए ?
उनले पनि त ‘आमा’ भनेर बोलाउँथिन् होला।
कसैको काख खोज्थिन् होला।
डराउँदा आमाको अनुहार सम्झिन्थिन् होला।
त्यही कल्पनाले यो लेख लेख्न मलाई बाध्य बनायो।

वि.सं.२०८३ भदौ ६ शनिवार १५:०५ मा प्रकाशित

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...