back
CTIZAN AD

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

वि.सं.२०८३ साउन २५ सोमवार

102 

shares

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी कोस्टका फुटबल खेलाडी फ्लोरेन्ट कोआराले स्वदेश फर्किन सहयोग गरिदिन अपिल गरेका छन्।

सामाजिक सञ्जालमार्फत अपिल गर्दै कोआराले आफू अहिले गम्भीर आर्थिक संकटमा परेको र नेपालमा फुटबल गतिविधि सुस्ताउँदा आफ्नो खेलजीवनसमेत प्रभावित भएको बताएका छन्।

नेपालका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका उनी पछिल्लो समय फुटबल गतिविधि ठप्पजस्तै भएपछि थप आर्थिक समस्यामा परेका हुन्। फिफाको प्रतिबन्ध तथा घरेलु फुटबल गतिविधिमा आएको सुस्तताका कारण आफू नेपालमा बस्न कठिन अवस्थामा पुगेको उनको भनाइ छ।

कोआराले आफू नेपालमा अवैध रूपमा बस्न नचाहेको भन्दै आफ्नो मातृभूमि आइभरी कोस्ट फर्किन चाहेको बताएका छन्। तर, स्वदेश फर्किन आवश्यक आर्थिक स्रोतसमेत आफूसँग नभएकाले उनले नेपाली समुदायसँग सहयोगको आग्रह गरेका छन्।

“म अवैध रूपमा बस्न चाहन्नँ। फिफा प्रतिबन्धका कारण नेपालमा फुटबल गतिविधि रोकिँदा म अप्ठ्यारोमा परेँ। यस्तो अवस्थामा म आफ्नो देश आइभरी कोस्ट फर्किन चाहन्छु।”

 एक दशकभन्दा बढी समय नेपाली फुटबलमा योगदान दिएका उनले अन्तिमपटक सहयोगको याचना गर्दै नेपाली समुदायसँग गुहार मागेका छन् । सहयोग गर्न चाहनेहरूले ९८०३१२५५५१ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

वि.सं.२०८३ साउन २५ सोमवार १२:२५ मा प्रकाशित

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थान (साइट)...

बेसिनका माछा सेवन नगर्न आग्रह

बेसिनका माछा सेवन नगर्न आग्रह

काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशी बेसिन नदीका माछा एवं नदीजन्य...