back
CTIZAN AD

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

वि.सं.२०८३ भदौ १५ सोमवार

shares

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई Sales Hub Nepal द्वारा सञ्चालित ९९ सपिङले एक गाडी राहत सामग्री वितरण गरेको छ।

काठमाडौं तथा देशका विभिन्न शहरमा सञ्चालित ९९ सपिङका शाखाहरूको सहकार्यमा विदुर नगरपालिका–५, पिपलटारमा पुगेर  प्रत्यक्ष रुपमा बाढीपीडितलाई नै भेटेर करिब ३ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो।

राहतस्वरूप पीडित परिवारका लागि दैनिक जीवनमा आवश्यक पर्ने किचन सामग्री, महिला तथा बालबालिकाका लागि  दैनिक जिवनमा आवश्यक पर्ने सामग्री वितरण गरिएको थियो।

बाढीबाट घर तथा दैनिक उपभोग्य सामग्रीमा क्षति पुगेका परिवारलाई लक्षित गर्दै राहत वितरण गरिएको ९९ सपिङले जनाएको छ। विपद्को समयमा पीडित परिवारसँग प्रत्यक्ष रूपमा जोडिएर आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत कार्यक्रम आयोजना गरिएको हो।

राहत वितरण कार्यक्रममा Sales Hub Nepal का संचालक  हरि अधिकारी,  शेयर सदस्य तुल्सीराम काफ्ले तथा गोपिकृष्ण चापागाईंको लगायतको उपस्थिति रहेको थियो।

राहत वितरणका क्रममा संचालक हरि अधिकारीले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताए। उनले ९९ सपिङले व्यापारिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आगामी दिनमा समेत यस्ता सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका लागि प्राप्त राहतले तत्कालीन आवश्यकतामा केही भए पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वि.सं.२०८३ भदौ १५ सोमवार २०:०५ मा प्रकाशित

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थान (साइट)...

बेसिनका माछा सेवन नगर्न आग्रह

बेसिनका माछा सेवन नगर्न आग्रह

काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशी बेसिन नदीका माछा एवं नदीजन्य...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...