काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी प्रभावित क्षेत्र नुवाकोटको त्रिशूली पुग्नु भएको छ ।
बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजनाको निरीक्षण तथा उद्धार कार्यबारे जानकारी लिन नुवाकोट गएका मन्त्री श्रेष्ठले त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरूङसँग छलफल गरेका मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
गृहमन्त्री गुरूङ सैन्य तालिम केन्द्रमै बसेर उद्वारका लागि समन्वय गरिरहेको छ । सो अवसरमा जलविद्युत् आयोजनाको सुरूङमा फसेकाहरुको उद्धारमा खटिएका नेपाली सेनाका उच्च अधिकारीले मन्त्री श्रेष्ठलाई पछिल्लो प्रगति विवरणबारे मन्त्री श्रेष्ठलाई जानकारी गराए ।
मन्त्री श्रेष्ठसँग प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह पनि नुवाकोट जानुभएको छ । मन्त्री श्रेष्ठले आजै हेलिकप्टरमार्फत रसुवास्थित विभिन्न जलविद्युत् आयोजनाको उद्धार स्थलको निरीक्षण गर्नुका साथै बाढीबाट प्रभावित परिवारसँग छलफल गर्ने कार्यक्रम छ ।
वि.सं.२०८३ भदौ १५ सोमवार १६:११ मा प्रकाशित






























