काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको लेदोसहितको भीषण बाढीबाट प्रभावित भएकाहरूलाई हिमालयन बैंकले ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका बस्तीहरूमा बाढीले पु¥याएको क्षतिलाई ध्यानमा राख्दै बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम दिने निर्णय गरेको हो । बाढीपीडितको उद्धार, राहत र पुनस्र्थापनामा टेवा पुगोस् भनेर सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा बुझाइने बैंकले जनाएको छ ।
अकल्पनीय विपत्तिबाट पुगेको जनधनको क्षतिप्रति मर्माहत भएको भन्दै बैंक परिवारले पीडितहरूलाई यो कठिन समयमा धैर्य धारण गर्न आग्रह गरेको छ । साथै, प्रभावित क्षेत्रमा थप राहत र उद्धारका कामलाई तीव्र बनाउन बैंकले सबै निकायसँग अपिल पनि गरेको छ ।
वि.सं.२०८३ भदौ १५ सोमवार १६:१९ मा प्रकाशित






























