back
CTIZAN AD

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

वि.सं.२०८३ भदौ १५ सोमवार

shares

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई सघाउन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बाढीपीडितको खोजी, उद्धार, राहत र पुनःस्थापनाका लागि बैंकले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो ।

६५ लाख सहयोग रकममध्ये बैंकका तर्फबाट ५५ लाख र बैंकमा कार्यरत कर्मचारीहरूबाट १० लाख रुपैयाँ सङ्कलन गरिएको छ ।

हालैको प्राकृतिक विपत्तिका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन लगायतका जिल्लाहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। सर्वसाधारणको दैनिकी प्रभावित बनिरहेको यस कठिन परिस्थितिमा सरकारी तथा गैरसरकारी उद्धार कार्यलाई सघाउन रकम सहयोग गरिएको बैंकले जनाएको छ ।

विपत्तिको यो घडीमा प्रभावित नागरिकहरूको साथमा रहँदै सरकार र उद्धारमा खटिएका निकायहरूसँग हातेमालो गर्न बैंक प्रतिबद्ध रहेको छ ।

साथै, बैंकले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा परेका परिवारजनमा समवेदना प्रकट गरेको छ । बाढीमा हराइरहेकाहरूको सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि बैंकले गरेको छ ।

वि.सं.२०८३ भदौ १५ सोमवार १५:३१ मा प्रकाशित

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजना, जारी खोजी तथा...