back
CTIZAN AD

साञ्जेनलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी, साँझसम्म धुन्चेलगायतका क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने लक्ष्य

वि.सं.२०८३ भदौ १५ सोमवार

shares

काठमाडौं । भोटेकोसी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी थालेको छ।

प्राधिकरणले स्थानीय विद्युत् प्रणालीलाई राष्ट्रिय प्रसारण प्रणालीबाट छुट्टै सञ्चालनमा ल्याएर रसुवाका प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापना गर्ने प्रयास गरिरहेको जनाएको छ। त्यसका लागि आवश्यक प्राविधिक तयारी तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

साञ्जेन जलविद्युत् गृहबाट विद्युत् उत्पादन गरी स्थानीय प्रणालीमा आपूर्ति जोड्न मेसिनको पासवर्ड रिसेट गर्नुपर्ने भएकाले आवश्यक प्राविधिक सहयोगका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ कम्पनीसँग समन्वय गरिरहेको छ।

आवश्यक प्राविधिक सहयोग समयमै जुट्न सके आज साँझसम्म रसुवाको धुन्चेलगायतका क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ।

यसैबीच, बाढीबाट बढी प्रभावित तथा तत्काल नियमित विद्युत् प्रणालीमा जोड्न सम्भव नहुने क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य ऊर्जालगायत वैकल्पिक स्रोतबाट विद्युत् सेवा उपलब्ध गराउने तयारी भइरहेको छ।

मन्त्रालयका अनुसार बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत गरी नियमित विद्युत् आपूर्ति पुनःस्थापना गर्ने कामलाई अघि बढाउँदै तत्कालीन आवश्यकता पूरा गर्न वैकल्पिक ऊर्जा स्रोतसमेत परिचालन गर्ने रणनीति लिइएको छ।

वि.सं.२०८३ भदौ १५ सोमवार १५:११ मा प्रकाशित

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजना, जारी खोजी तथा...

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

काठमाडौँ । एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि त्रासदीपूर्ण दिन...

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

रसुवा । जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि ‘जेनेरेटर’...