back
CTIZAN AD

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

वि.सं.२०८३ भदौ १५ सोमवार

15 

shares

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको भन्दै स्थानीयहरुले शव व्यवस्थापनका लागि अपिल गरेका छन् ।
उनीहरुले बेत्रावती बगर क्षेत्रमा धेरै शब देखिन थालेको भन्दै शब व्यवस्थापनका लागि खटिएका स्वयंसेवक तथा सुरक्षाकर्मीका लागि फिनेल र बलिया प्लास्टिक ब्याग तत्काल उपलब्ध गराउन अपिल गरेका हुन।

शव व्यवस्थापनका लागि फिनेल तथा शव अट्ने बलिया प्लास्टिक ब्याग करिब १०० थान तत्काल आवश्यक रहेको जनाइएको छ। आवश्यक सामग्री यथाशीघ्र बेत्रावती पुर्‍याउन सके शव व्यवस्थापनमा खटिएका स्वयंसेवक, नेपाली सेना तथा नेपाल प्रहरीलाई सहज हुने बताइएको छ।

सम्बन्धित व्यक्ति, संस्था तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो तर्फबाट सक्दो छिटो सामग्री उपलब्ध गराइदिन आग्रह गदै्र्र बेत्रावतीमा रहेका स्वयंसेवकहरु
ईश्वर थापा (९८६०९०४१०१), सुरज लवट (९८४३३७५१४६), मिलन श्रेष्ठ (९८४९७३३६८८) र सुजन लवट (९७४१८९५४०६) सम्पर्क गर्न भनिएको छ ।

शव व्यवस्थापनमा संलग्न सुरक्षाकर्मी तथा स्वयंसेवकलाई आवश्यक सामग्री तत्काल उपलब्ध गराउन सहयोगी हातहरू अघि बढाउन आग्रह गरिएको छ।

वि.सं.२०८३ भदौ १५ सोमवार १५:२४ मा प्रकाशित

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजना, जारी खोजी तथा...