back
CTIZAN AD

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

वि.सं.२०८३ भदौ १५ सोमवार

15 

shares

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजना, जारी खोजी तथा उद्धार कार्य र आगामी पुनःस्थापनाको रणनीतिबारे त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा उच्चस्तरीय छलफल भइरहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, नेपाली सेनाका अधिकारी तथा उद्धारकर्मी, ऊर्जा मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहित सम्बन्धित अधिकारी तथा कर्मचारीहरू छलफलमा सहभागी रहेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

छलफलका क्रममा जलविद्युत् आयोजनाका सुरुङमा उद्धार कार्यमा खटिएका नेपाली सेनाका उच्च अधिकारीहरूले हालसम्मको उद्धार प्रगति, घटनास्थलको अवस्था तथा उद्धारका क्रममा देखिएका प्राविधिक र भौगोलिक चुनौतीबारे जानकारी गराइरहेका छन्।

मन्त्री श्रेष्ठले उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी रूपमा अघि बढाउने उपाय, बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको वर्तमान अवस्था तथा पुनःस्थापनाका लागि आवश्यक पहलका विषयमा सम्बन्धित अधिकारीसँग जानकारी लिइरहेका छन्।

बाढीबाट प्रभावित आयोजनाहरूको क्षतिको मूल्याङ्कन, सुरुङ तथा अन्य संरचनामा हुनसक्ने जोखिम र आगामी पुनःस्थापनाका योजनाबारे समेत छलफल भइरहेको जनाइएको छ।

स्थलगत छलफलपछि मन्त्री श्रेष्ठले बाढीबाट प्रभावित परिवारसँग भेटघाट गरी उनीहरूको अवस्था तथा आवश्यकताबारे जानकारी लिने कार्यक्रमसमेत रहेको छ।

वि.सं.२०८३ भदौ १५ सोमवार १५:०४ मा प्रकाशित

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

काठमाडौँ । एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि त्रासदीपूर्ण दिन...

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

रसुवा । जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि ‘जेनेरेटर’...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको...

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...