काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ।
नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय भेला आयोजक समितिका संयोजक उमा भुजेल ‘शिलु’ द्वारा दिइएको जानकारी अनुसार भोलि २०८३ साल भदौ ७ गते आइतबार दिउँसो १ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन, पारिजात हलमा सो कार्यक्रम आयोजना गरिन लागेको हो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, नेकपा (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज लोहनी तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य रामबहादुर बुढा वक्ताका रूपमा सहभागी हुने जनाइएको छ ।
आयोजकका अनुसार कार्यक्रममा विभिन्न कम्युनिस्ट पार्टी तथा धारबीच सहकार्य, एकता र पुनर्गठनको सम्भावना तथा कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ बनाउने विषयमा छलफल गरिनेछ।
वि.सं.२०८३ भदौ ६ शनिवार १५:३९ मा प्रकाशित





























