back
CTIZAN AD

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

वि.सं.२०८३ भदौ ७ आइतवार

shares
इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी सडक किनारमा राखिएको बम विस्फोट हुँदा एक सुरक्षाकर्मीको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार क्वेटा–कराँची राष्ट्रिय राजमार्गअन्तर्गत मास्तुङ जिल्लाको खाड कोचा क्षेत्रमा सुरक्षाकर्मीको टोली गइरहेका बेला सडक किनारमा राखिएको विस्फोटक पदार्थ पड्काइएको थियो ।
विस्फोटमा सुरक्षाकर्मीको एउटा गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । घटनापछि सुरक्षाकर्मी र आक्रमणकारीबीच गोली हानाहानसमेत भएको थियो । थप सुरक्षाकर्मी घटनास्थलमा पुग्नुअघि नै आक्रमणकारीहरू फरार भएको प्रहरीले जनाएको छ ।
मृतकको शव तथा घाइतेलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ । घटनापछि प्रहरीले राजमार्ग केही समयका लागि बन्द गरी आक्रमणमा संलग्नहरूको खोजी तथा पक्राउका लागि सुरक्षा अभियान सञ्चालन गरेको जनाएको छ ।(रासस/सिन्ह्वा)
.

वि.सं.२०८३ भदौ ७ आइतवार १८:२९ मा प्रकाशित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...