back
CTIZAN AD

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

वि.सं.२०८३ भदौ ७ आइतवार

shares

पछिल्ला दिनहरुमा नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको संक्रमण तथा मृत्युको संख्या बढिरहेको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तनजस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय खेर नफालि उपचारका लागि तत्काल नजिकैको स्वास्थ्य संस्था लैजान समेत अनुरोध गरेको छ ।

जापानिज इन्सेफलाइटिसका केसहरू हाल देशका विभिन्न भू–भागमा पुष्टि भएका छन्। सबैभन्दा बढी केस झापामा १०, त्यसपछि कैलाली र मोरङमा ७/७, सप्तरी र कञ्चनपुरमा ६/६, तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा ५/५ केस रहेका छन्। केसहरू मुख्यतः तराई तथा भित्री मधेशका जिल्लाहरूमा केन्द्रित भए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाडौं, सिन्धुली, सुर्खेत लगायत पहाडी जिल्लाहरूमा समेत व्भ् पुष्टि भएको देखिन्छ। मृत्युको दृष्टिले झापा सबैभन्दा प्रभावित जिल्ला रहेको छ ।

जापानिज इन्सेफलाइटिस मुख्यतः संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ। पछिल्लो प्रतिवेदनअनुसार ८७ प्रतिशत जेईका केस तराईका जिल्लामा देखिएका छन्। धेरै बिरामीहरू धानखेत तथा सुँगुर पालन गरिने क्षेत्रमा बसोबास गर्ने पाइएको छ । संक्रमित जनावरहरू जस्तै सुङ्गुर, बङ्गुर, हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा मानिसमा भाइरस सर्न सक्छ। व्भ् को संक्रमण भएका प्रत्येक ३ जनामध्ये १ जनाको मृत्यु हुने र १ जना दीर्घकालीन अपाङ्गता वा स्नायुसम्बन्धी समस्यासहित बाँच्न पर्ने तथ्याङ्क छ।

 कसलाई बढी जोखिम ?
पछिल्लो तथ्यांकअनुसार ८० पुष्टि भएका केसमा ५१ जना अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन्। जेईका कारण भएका मृत्युमा ५० वर्षभन्दा माथिका व्यक्तिको हिस्सा ८१ प्रतिशत रहेको छ। यस वर्ष हालसम्म पुष्टि भएका ८० केसमा पुरुष ४३ र महिला ३७ जना छन्। जेईका कारण २१ जनाको मृत्यु भएको छ र केस फ्याटालिटी रेट (CFR) २६ प्रतिशत रहेको छ।

कस्ता लक्षणहरू देखिन्छन् ?
जापानिज इन्सेफलाइटिस रोग लाग्यो भने सुरुमा रुघाखोकीमा जस्तै सामान्य प्रकारका लक्षण तथा चिन्हहरु देखिन्छन् । त्यसपछि निम्नानुसार गम्भिर प्रकारका लक्षण र चिन्हहरु देखापर्छन्  :
– उच्च ज्वरो आउने, जाडो हुने, कम्पन आउने र धेरै नै टाउको दुख्ने ।
– वाकवाकी लाग्ने र वान्ता आउने ।
– झर्को मान्ने, वेसुर हुने, बर्बराउने, मुर्छा पर्ने र बेहोस हुने ।

यस्ता लक्षण देखिए के गर्ने ?
यस्ता लक्षण देखिएमा घरमै उपचार गरेर बस्नु हुँदैन। विरामीलाई तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पुर्‍याउनुपर्छ। समयमै अस्पताल पुर्‍याउन सकेमा जटिलता कम गर्न र ज्यान जोगाउन सकिन्छ। ढिलो उपचार पाएमा मस्तिष्कमा गम्भीर असर पर्नुका साथै मृत्युको जोखिमसमेत बढ्न सक्छ। समयमै अस्पताल पुर्‍याइएका कारण गम्भीर जटिलता र मृत्युबाट जोगिएका धेरै उदाहरणहरू छन्। त्यसैले, यस्ता लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्था वा अस्पताल पुगौँ।

 जापानिज इन्सेफलाइटिस रोग लाग्नबाट कसरी सुरक्षित हुन सकिन्छ ?
(क) लामखुट्टेको टोकाइबाट बच्न सकेमा यो रोगबाट सुरक्षित हुन सकिन्छ । यसको लागि
– घरको झ्याल, ढोकामा जाली राख्ने ।
– घर वरीपरी पानी जम्ने खाल्डा-खुल्डी पुर्ने ।
– हात खुट्टा पूरै ढाकिने कपडा लगाउने ।
– झुलभित्र मात्र सुत्ने ।
– लामखुट्टे भगाउने धूप बाल्ने ।
– लामखुट्टेको टोकाइबाट बच्न शरीरमा महलम लगाउने ।
(ख) जापनीज इन्सेफलाइटिस रोगबाट सुरक्षित हुन जापानिज इन्सेफलाइटिस  खोप लगाउने ।
– जापानिज इन्सेफलाइटिस खोप १२ महिनाको उमेरका बालबालिकाहरूलाई लगाउने । यदि १२ महिनाको उमेरमा जापानिज इन्सेफलाइटिस  खोप लगाउन छुटेको भएमा, ५ वर्षको उमेरसम्मका बालबालिकालाई जापानिज इन्सेफलाइटिस खोप लगाउने।

वि.सं.२०८३ भदौ ७ आइतवार १९:५१ मा प्रकाशित

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...