back
CTIZAN AD

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

वि.सं.२०८३ भदौ ७ आइतवार

18 

shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल मिलन वैज्ञानिक योग नेपालले आफ्नो पहिलो परोपकारी कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको छ।

संस्थाले बूढानीलकण्ठ नगरपालिका–१०, ज्योतिनगरस्थित अपाङ्ग अशक्त सेवा केन्द्रमा रहेका करिब २५ जना सहयोगापेक्षीलाई दिवा भोजन गराउनुका साथै संस्थाको लोगो अंकित सेतो टी–सर्ट वितरण गरेको हो।

कार्यक्रममा बोल्दै विशाल मिलन वैज्ञानिक योग नेपालका अध्यक्ष श्रीधर अधिकारीले संस्थाको पहिलो परोपकारी कार्यक्रम सेवा केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्तिहरूसँग भेटघाट र सहयोगबाट सुरु गर्न पाउँदा खुसी लागेको बताए। उनले यो सहयोग सानो भए पनि आगामी दिनमा संस्थामार्फत यस्तै सामाजिक तथा परोपकारी गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

परोपकारी कार्यक्रमपछि संस्थाका सदस्यहरूले कागेश्वरी मनोहरा नगरपालिका–१ मा अवस्थित कागेश्वरी महादेव धामको दर्शन तथा पूजा–अर्चना गरेका थिए। त्यस अवसरमा उनीहरूले सोही क्षेत्रमा रहेको शहीद पार्कको समेत अवलोकन गरेका थिए।

एकदिने परोपकारी तथा धार्मिक यात्रामा विशाल मिलन वैज्ञानिक योग नेपालका करिब ४० जना योगीजनको सहभागिता रहेको थियो। संस्थाले सामाजिक सेवा, धार्मिक तथा आध्यात्मिक गतिविधिलाई सँगसँगै अघि बढाउने उद्देश्यले आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

वि.सं.२०८३ भदौ ७ आइतवार १२:३३ मा प्रकाशित

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...