back
CTIZAN AD

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

वि.सं.२०८३ भदौ ७ आइतवार

18 

shares

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी पदमलाल काफ्ले सम्मानित भएका छन्। थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा काफ्लेलाई हस्पिटालिटी तथा व्यवसाय क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप सम्मान गरिएको हो।

थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसायमार्फत सेवा, रोजगारी र व्यावसायिक गतिविधिलाई अघि बढाउँदै आएका काफ्ले नेपाली उद्यमशीलताको अन्तर्राष्ट्रिय उदाहरणका रूपमा समेत स्थापित हुँदै आएका छन्। व्यवसाय सञ्चालनसँगै नेपाल र थाइल्यान्डबीचको व्यावसायिक सम्बन्ध विस्तार तथा नेपालको पहिचान प्रवर्द्धनमा पुर्‍याएको योगदानका कारण उनलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि. र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न समारोहमा व्यवसाय, पर्यटन, हस्पिटालिटी, सामाजिक सेवा, शिक्षा तथा सञ्चारलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई सम्मान गरिएको थियो।

समारोहका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले विदेशमा रहेर नेपाली व्यवसायीले हासिल गरेको सफलता र बनाएको पहिचान नेपालका लागि गौरवको विषय भएको बताए। उनले हस्पिटालिटी र पर्यटन क्षेत्रलाई नेपाल–थाइल्यान्डबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्धसँग जोड्दै थप विस्तार गर्नुपर्नेमा जोड दिए।

सापकोटाले थाइल्यान्डमा रहेका नेपाली व्यवसायीले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै नेपालका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई थाई तथा अन्तर्राष्ट्रिय पर्यटकमाझ प्रभावकारी रूपमा प्रचार गर्नुपर्ने बताए।

आयोजक संस्था वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालिका अध्यक्ष कुमार चौलागाईंले काफ्लेलाई प्रदान गरिएको सम्मान थाइल्यान्डमा नेपाली व्यवसायीले हासिल गरेको सफलता र योगदानको अन्तर्राष्ट्रिय पहिचान भएको बताए। उनका अनुसार हस्पिटालिटी क्षेत्रमा नेपाली व्यवसायीको बढ्दो उपस्थिति र सफलताले अन्तर्राष्ट्रिय बजारमा अघि बढ्न चाहने नेपाली युवालाई समेत प्रेरणा दिनेछ।

समारोहमा प्रमुख अतिथिका रूपमा प्रा. भारती ओख्राबो लिम्बुनी तथा विशेष अतिथिका रूपमा एनआरएनए–पीएनओका अध्यक्ष एवं थाई नेप्ली एसोसिएसनका पूर्व अध्यक्ष कुमार कार्की, थाई नेप्ली एसोसिएसनकी पूर्व अध्यक्ष वासना राईलगायतको उपस्थिति थियो।

होटल तथा रेस्टुरेन्ट व्यवसायलाई आफ्नो व्यावसायिक कर्मको केन्द्र बनाउँदै थाइल्यान्डमा नेपाली पहिचान स्थापित गर्न सफल काफ्लेको यो सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई विदेशमा नेपाली उद्यमशीलताको बढ्दो प्रभावको प्रतिनिधित्वसमेत हो। उनको सफलताले नेपाली व्यवसायीले अन्तर्राष्ट्रिय हस्पिटालिटी बजारमा प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता र पहिचान स्थापित गर्न सक्ने सन्देश दिएको छ।

पदमलाल काफ्लेलाई प्राप्त यस सम्मानले थाइल्यान्डमा नेपाली व्यवसायीको उपस्थिति, क्षमता र योगदानलाई थप उजागर गरेको छ।

वि.सं.२०८३ भदौ ७ आइतवार १२:४३ मा प्रकाशित

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी...

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

काठमाडौं। भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो...