back
CTIZAN AD

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

वि.सं.२०८३ भदौ ७ आइतवार

12 

shares

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)बीच सहकार्य हुने भएको छ ।

टिवानले आज यहाँ आयोजना गरेको ‘नाट्टाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना’ प्रदान कार्यक्रममा नाट्टाका नवनिर्वाचित अध्यक्ष भरतजङ्ग पाण्डेले पर्यटन क्षेत्रको विकास र साझा समस्या समाधानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले टिवान नाट्टाको एक अभिन्न अङ्ग भएकाले टिवान र नाट्टाको समस्या एउटै भएको बताए । “टिबान छुट्टै संस्था नभई हाम्रो आफ्नै परिवार हो । पर्यटन क्षेत्रका हरेक एजेन्डामा हामी एक भएर अगाडि बढ्नेछौँ,” उनले भने ।

टिवानका संस्थापक अध्यक्ष श्रीकान्त आचार्यले पर्यटक बस र पर्यटन उद्योगमा धेरै समस्या भएकाले यस समस्या समाधानमा वर्तमान कार्यसमिति लाग्ने विश्वास व्यक्त गरे ।

नाट्टाका महासचिव राजकुमार देवकोटाले पर्यटक बसपार्कको समस्या टिवानको समस्यामात्र नभएर सारा पर्यटन क्षेत्रको समस्या भएकाले यसको समाधानका लागि नाट्टाले प्रतिबद्ध भएर काम गर्ने बताए ।

टिवानका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले पर्यटक बसपार्क नहुँदा पर्यटक बस व्यवसायीले ठूलो समस्या भोग्नुपरेको भन्दै यसको समाधानका लागि नाट्टासँग सहकार्य गरिने बताए ।

पर्यटक बस व्यवसायीको हकहितको अधिकारको रक्षाका लागि स्थापना भएको टिवानले हाल अस्थायी बसपार्कको रूपमा सोह्रखुट्टे सडक प्रयोग गर्दै आइरहेको छ । टिवानले हाल दैनिक १०० पर्यटकीय बसमार्फत नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराह, लुम्बिनी, जनकपुरलगायत क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको टिवानका महासचिव प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

वि.सं.२०८३ भदौ ७ आइतवार १२:४८ मा प्रकाशित

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी...