back
CTIZAN AD

जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी ९.६४ प्रतिशतले बढ्योः २१ अर्बभन्दा बढी भुक्तानी गर्दै नेपाल लाइफ अग्रस्थानमा

वि.सं.२०८३ भदौ ७ आइतवार

18 

shares

काठमाडौँ । नेपालका सञ्चालित १४ जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०२÷३ मा कुल ६ अर्ब ३० करोड ५ लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन् ।
कम्पनीहरूले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०१÷२ मा भएको ७ अर्ब ७२ करोड ६ लाख रुपैयाँको तुलनामा यो रकम ९.६४ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा समग्र क्षेत्रको भुक्तानी बढे तापनि ५ वटा कम्पनीको दाबी भुक्तानीमा गिरावट आएको छ भने बाँकी ९ कम्पनीको भुक्तानी रकममा वृद्धि देखिएको छ।

दाबी भुक्तानी रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बजार वर्चस्व कायम राख्दै पहिलो स्थान ओगटेको छ । नेपाल लाइफले गत आवमा २१ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको १९ अर्ब १९ करोड ६४ लाख रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो। त्यसैगरी, दोस्रो स्थानमा रहेको नेसनल लाइफ इन्स्योरेन्सले २६.१५ प्रतिशतको फराकिलो वृद्धिसहित १३ अर्ब ९६ करोड ६३ लाख रुपैयाँ दाबी भुक्तानी गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल १३ अर्ब ६ करोड ३६ लाख रुपैयाँसहित तेस्रो स्थानमा रहेको छ।

मिड–सामथ्र्यका कम्पनीहरूमा राष्ट्रिय जीवन बीमा कम्पनी र हिमालयन लाइफबीच कडा प्रतिस्पर्धा देखिएको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले २१.१७ प्रतिशतको वृद्धिसहित ७ अर्ब ९५ करोड ९ लाख रुपैयाँ भुक्तानी गर्दा हिमालयन लाइफले ७ अर्ब ९१ करोड ९४ लाख रुपैयाँ दाबी फछ्र्यौट गरेको छ। यसैगरी एशियन लाइफले ५ अर्ब ४ करोड, सूर्यज्योति लाइफले ३ अर्ब ६५ करोड, मेट लाइफले ३ अर्ब ३२ करोड, सिटिजन लाइफले १ अर्ब ९३ करोड र सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन्।

अन्य साना तथा मध्यम कम्पनीहरूमा भने दाबी भुक्तानीको चाप मिश्रित देखिन्छ। रिलायबल नेपाल लाइफले १ अर्ब ४ करोड ९ लाख, आइएमई लाइफले १ अर्ब ४६ करोड ५९ लाख र प्रभु महालक्ष्मी लाइफले १ अर्ब ५ करोड १० लाख रुपैयाँ भुक्तानी गरेका छन्। यता सन नेपाल लाइफ इन्स्योरेन्सको दाबी भुक्तानी भने अघिल्लो वर्षको १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँबाट ५.३९ प्रतिशतले घटेर १ अर्ब ४ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ। समग्रमा, बीमा पोलिसीहरू परिपक्व हुने क्रम बढेसँगै जीवन बीमा क्षेत्रमा दाबी भुक्तानीको आकार निरन्तर विस्तार भइरहेको देखिन्छ ।

वि.सं.२०८३ भदौ ७ आइतवार १२:१९ मा प्रकाशित

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी...

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

काठमाडौं। भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो...