back
CTIZAN AD

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

वि.सं.२०८३ भदौ ७ आइतवार

24 

shares

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब जात्रा’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा बेलायतका पूर्वसांसद, कूटनीतिज्ञ, साहित्यकार, पत्रकार तथा नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा ब्रिटेनको लेबर पार्टीका नेता एवम् पूर्वसांसद वीरेन्द्र शर्माले बेलायतको मुख्य शक्ति नै यसको विविधता भएको बताए । बेलायती संसदको अल(पार्टी पार्लियामेंटरी ग्रुप अन नेपालका पूर्वअध्यक्ष शर्माले ‘नेपाली डायस्पोराले बेलायती समाजमा दिएको योगदानको प्रशंसा गर्दै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र इतिहाससँग जोड्नुपर्नेमा जोड दिए । ‘भाषा हराए धेरै कुरा हराउँछ। बेलायतमा हुर्किरहेका युवाहरूलाई आफ्नो मातृभाषा सिक्न प्रोत्साहन गर्नुपर्छ’ शर्माले भने। उनले बेलायत र नेपालबीचको द्विपक्षीय सम्बन्ध सुदृढ गर्न नेपाली डायसपोराको भूमिका सशक्त रहेको बताउंदै उनले विश्व शान्ति र समृद्धिका लागि नेपाल, भारत र बेलायतबीच सहकार्य हुनुपर्ने पनि बताए ।

नेपाली दूतावासका द्वितीय सचिव संजोग राईले किताब र साहित्य विचार आदानप्रदान गर्ने र सीमापारिका मानिसहरूलाई जोड्ने सशक्त माध्यम भएको बताउँदै दूतावासले यस्ता रचनात्मक पहललाई सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष कुल आचार्यले किताब जात्राले डायस्पोरा र नयाँ पुस्तालाई जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए । वरिष्ठ पत्रकार तथा बीबीसी नेपाली सेवाका पूर्व डेस्क एडिटर सुमन खरेलले विदेशी भूमिमा हुर्किरहेका युवा पुस्तालाई नेपाली किताब र पठन संस्कृतिमा आकर्षित गर्नु आजको मुख्य चुनौती रहेको बताए ।

नेपालका वरिष्ठ टेलिभिजन पत्रकार टीकाराम यात्रीले लिखित सामग्री मात्र नभई अनुभूति पनि पुस्तक भएको बताउँदै प्रवासमा नेपाली भाषा, संस्कृति र सम्पदा जोगाउन भै रहेका प्रयासको प्रशंसा गरे।

यस्तै, सेन्ट जोन्स वुड क्यापिटलका अध्यक्ष तरुण गुलाटीले भाषाले मानिसहरूलाई जोड्ने भएकाले नेपालीहरूले आफ्नो संस्कृति र भाषामा गर्व गर्नुपर्ने बताए ।

किताब जात्राका निर्देशक ऋषिराम अधिकारीले सहभागीहरूलाई स्वागत गर्दै लेखक र पाठकलाई जोड्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । उनले वि.सं. २०८३ भित्र साउदी अरेबिया, कतार र युरोपेली मुलुकहरूमा पनि किताब जात्रा आयोजना गर्ने योजना रहेको जानकारी दिए ।

पाँच जनालाई ‘किताब जात्रा अवार्ड’

कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

व्यवसायी तथा समाजसेवी रविन्द्रजंग लामिछानेलाई किताब जात्रा डायस्पोरा सामाजिक पहल सम्मान, एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्यलाई डायस्पोरा उद्यमशीलता सम्मान, लेक्स लिम्बूलाई युथ आइकन सम्मान, बेलायतमा कार्यरत कवि तथा उपन्यासकार डा. संगीता श्रेष्ठ स्वेच्छालाई डायस्पोरा साहित्य सम्मान र बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगीरथ योगीलाई डायस्पोरा पत्रकारिता अवार्ड प्रदान गरिएको थियो।

अन्तरक्रिया तथा कविता वाचन

कार्यक्रममा ‘डायस्पोरा नेपाली साहित्यस् अवसर र चुनौती’  विषयक अन्तरक्रिया सञ्चालन गरिएको थियो, जसको सहजीकरण पत्रकार तथा लेखक निर्भीकजंग रायमाझीले गरेका थिए भने प्यानलिस्टहरु टीकाराम यात्री, डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’ र डा.रवीन्द्र समीरले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा पासा पुचः गुठी यूकेका अध्यक्ष सुशील प्रजापतिले जनकवि दुर्गालाल श्रेष्ठ र आफ्ना कविताहरू वाचन गरे । नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष रश्मिता सिंह दर्लामीले ‘आई एम ए नर्स’ र उत्सव निर्देशक ऋषिराम अधिकारीले ‘बा’ शीर्षकको कविता वाचन गरेका थिए । कलाकार दीपक थापाले गोपाल योञ्जनको चर्चित देशभक्ति गीत ‘देशले रगत मागे’ प्रस्तुत गरे ।

कार्यक्रममा नेपाली साहित्य र समाजसंग सम्बन्धित प्रकाशनहरु तथा नेपाली हस्तकला तथा घरेलु उद्योगका उत्पादनहरु पनि प्रदर्शन गरिएको थियो।

वि.सं.२०८३ भदौ ७ आइतवार १२:१० मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...