back
CTIZAN AD

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

वि.सं.२०८३ साउन १७ आइतवार

177 

shares

बेनी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएपछि उनको जन्मस्थल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले आइतबार सूचना जारी गर्दै निम्सदाईको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सोमबार अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सरकारी कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक बिदा दिने जनाएको हो।

गाउँपालिकाका अनुसार शोक बिदामार्फत विश्व पर्वतारोहण क्षेत्रमा नेपाललाई विशिष्ट पहिचान दिलाएका पुर्जाप्रति सम्मान प्रकट गर्न तथा उनको योगदानको कदर गर्न यो निर्णय गरिएको हो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा जन्मिएका निर्मल पुर्जा विश्व पर्वतारोहण क्षेत्रमा साहस, कीर्तिमान र नेतृत्वका लागि परिचित थिए। उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल सबैभन्दा कम समयमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। पछिल्लो समय उनले ८ हजार मिटरभन्दा अग्ला हिमालहरूको सफल आरोहण संख्या ५४ पुर्‍याएका थिए, जसमध्ये २५ वटा आरोहण पूरक अक्सिजन (बिना अक्सिजन) बिना गरेका थिए।

निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय आरोही टोली पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा करिब छ हजार ७०० मिटरको उचाइमा पुगेपछि हिमपहिरोमा परेको थियो । टोलीमा छ नेपाली र चार विदेशी आरोही सहभागी थिए ।

 

वि.सं.२०८३ साउन १७ आइतवार १२:४८ मा प्रकाशित

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन...

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा...