back
CTIZAN AD

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वि.सं.२०८३ भदौ ७ आइतवार

12 

shares

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका लक्ष्मीमार्गका युवाले अहिले आफ्नै गाउँमा व्यावसायिक सफलता पाइरहेका छन् । वैदेशिक रोजगारीको लोभलाग्दो कमाइ छाडेर स्वदेश फर्किएका उनीहरुले सुरु गरेको राँगाको सुकुटी व्यवसायले अहिले लक्ष्मीमार्गको पहिचान नै बदलेर ‘सुकुटी बजार’ बनाइदिएको छ ।

कतारमा छ वर्ष बिताएर फर्केका प्रेम श्रेष्ठ र मलेसियामा आठ वर्ष श्रम गरेका दिलीप श्रेष्ठ यस्तै उदाहरण हुन् । सुरुआती दिनमा महिनामा २०–३० किलो सुकुटी बेच्न धौ–धौ हुने प्रेमको पसलबाट अहिले मासिक सयौ किलो सुकुटी बिक्री हुन्छ । प्रतिकिलो रु दुई हजार ७०० मा बिक्री हुने सुकुटीबाट उनले मासिक रु दुई लाखसम्म आम्दानी गरिरहेको प्रेमले बताए । राँगाको आलो मासु बेलबारी, हरैचालगायत स्थानीय बजारमा प्रतिकिलो रु ७०० मा किनेर सुकुटी बनाउने गरेको उनले बताए । प्रेमका अनुसार आलो मासुको बढीमा एक चौथाइसम्म सुकुटी बन्नेगरेको बताउँछन् ।

प्रेम र दिलीप मात्र होइन, अरु युवा पनि यस व्यवसायमा लागिरेका छन् । “विदेशको कडा मेहनत र परिवारबाट टाढा हुनुको पीडाभन्दा आफ्नै घरमा परिवारसँगै बसेर गरेको यो व्यवसायले धेरै सन्तुष्टि दिएको छ”, वैदेशिक रोजगारीबाट फर्केर ११ वर्षदेखि यही पेसामा जमेका शोभितमान श्रेष्ठ बताउँछन् ।

पूर्वी–पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूका लागि लक्ष्मीमार्ग अहिले सुकुटीको स्वाद लिने मुख्य थलो बनेको विराटनगर निवासी सेन्जम फुयाल बताउँछन् । स्वदेशी बजारमा मात्र होइन, यहाँको सुकुटीको माग अहिले बेलायत र अमेरिकामा रहेका नेपालीसम्म पुगेको सुकुटी व्यवसायी दिलीप श्रेष्ठले बताउनुभयो । कोसेलीका रूपमा अन्तरराष्ट्रिय बजारबाट उच्च माग आए पनि परम्परागत निर्माण शैली र जनशक्तिको अभावका कारण मागअनुसार पु¥याउन धौ–धौ परिरहेको व्यवसायीहरू बताउँछन् ।

विदेशमा बगाउने पसिना र समय आफ्नै माटोमा खन्याउने हो भने स्थानीय परिकारलाई पनि सफल व्यवसाय र अन्तरराष्ट्रिय ब्रान्ड बनाउन सकिन्छ भन्ने विश्वास रहेको प्रेम श्रेष्ठले बताए ।

वि.सं.२०८३ भदौ ७ आइतवार १४:११ मा प्रकाशित

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन...

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा...

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...