back
CTIZAN AD

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

वि.सं.२०८३ भदौ ७ आइतवार

shares

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई रातभर खोजतलास गरी सकुशल उद्दार गरिएको छ ।

कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोल निवासी मुकेश कुमार मण्डलकी करिब दुई वर्षीया छोरी बिन्दी कुमारी मण्डल शनिबार साँझ करिब ५:३० बजे आफ्नै घर अगाडिबाट हराएकी थिइन् । बालिकाका हजुरबुवा मदन मण्डलले राति ८:४५ बजे अस्थायी प्रहरी पोस्ट बसपार्क, बारामा जानकारी गराएपछि तत्काल खोजतलास सुरु गरिएको थियो।

बालिकाको खोजीका लागि रातभर सक्रिय रुपमा विभिन्न समुहमा प्रहरी टोली परिचालन गर्नुका साथै कुकुरसहितको प्रहरी टोली समेत परिचालन गरिएको थियो ।

आइतबार बिहान करिब ५:४५ बजे कलैया उपमहानगरपालिका –२६ सिस्वास्थित बाटोमा बालिकालाई सकुशल फेला पारिएको हो। बिहान ११ बजे बालिकालाई उनका बुबा मुकेश कुमार मण्डल र हजुरआमा सावित्री मण्डलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०८३ भदौ ७ आइतवार १४:०० मा प्रकाशित

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

काठमाडौंँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया...

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...