back
CTIZAN AD

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

वि.सं.२०८३ साउन ११ सोमवार

993 

shares

अहिले नेपाली कम्युनिस्ट पार्टी र एमाले विच प्रदेश स्तरमा सहकार्य गर्दै वामपन्थीको नेतृत्वमा सरकार गठन गर्न तीन बुंदे सहमति भएको छ। यो सहमति संगै दुबै पार्टी भित्र तथा बाहिर अनेकन टिप्पणी,बहस हुन थालेको छ। नेपाली कम्युनिस्ट पार्टी संघ तथा प्रदेशमा प्रतिपक्षको हिसाबले नै भूमिका निर्बाह गर्दै आएको छ।

तर प्रदेशमा सहकार्य गरि रहेका काङ्ग्रेस र एमाले विच समस्या उत्पन्न भए पछि सबै प्रदेशमा काङ्ग्रेस र एमालेको संयुक्त सरकार संचालन हुन नसक्ने भयो। काङ्ग्रेस र एमाले विचको खटपट भई रहेको बेला यसलाई समाधान गर्न नेपाली कम्युनिस्ट पार्टी सहितको सर्वदलीय सरकार गठनको एउटा विकल्प हुन सक्तथ्यो। तर दलीय प्रणालीमा प्रदेश सभामा प्रतिपक्षीविहिन भएर सर्वदलीय सरकार गठन गर्नु उचित नहुने त विगतकै संघ सरकारमा एमाले र काङ्ग्रेस मिलेर बनेको गठबन्धन सरकारको दुष्परिणामबाट प्रष्ट भएको छ। यस्तो स्थितिमा नेपाली काङ्ग्रेसले प्रदेशमा नयाँ ढंगबाट सरकार गठनमा चासो नराखेको अवस्थामा कित प्रदेश सभा विघटन गरेर निर्वाचनमा जाने विकल्प हुन्थ्यो ।तर प्रदेशको अवधि एक वर्ष मात्रै भएको फेरि भर्खरै मात्र प्रतिनिधि सभाको निर्वाचन भएको स्थितिमा देशको अर्थतन्त्रले दुई दुईवटा निर्वाचन एकै वर्षमा धान्न सक्ने स्थिति पनि छैन।

मुलुकको यस परिस्थितिमा वामपन्थीहरू विच सहकार्य र एकता गर्ने उद्वेश्यका साथ नै अहिले प्रदेश स्तरमा सरकार गठन गर्न नेकपा र एमाले विच सहमति भएको यथार्थता रहेको छ।

यस्तो परिस्थितिका विचमा नेकपा र एमाले विच जुन सहमति भएको छ,यसलाई लिएर कतिपय कोणबाट खिसिट्यूरी गर्ने गरेको पाइन्छ । यो केवल विरोधका लागि विरोध मात्रै हो। बरु नेकपा र एमाले विच भएको सहमतिबाट अब के उद्वेश्य प्राप्तिका लागि होरु भन्ने आम चासो र सरोकार भएको छ। सत्ता गठबन्धन केवल मुख्य मन्त्री तथा मन्त्रीहरुको भागबन्डाका लागि मात्रै होरु भन्ने प्रश्न उठेको छ। यस्तो स्थितिमा नेकपा र एमाले सांच्चि नै सहकार्य र एकताको लागि अगाडि बढने हो भने आगामी दिनमा निम्न विषयमा विशद छलफल गरि साझा एजेन्डा बनाउनु पर्दछ र यसैका आधारमा सहकार्य गर्दै एकताको आधार निर्माण गर्नु पर्दछ। यतिबेला राष्ट्र र जनताका सामू तथा कम्युनिस्ट आन्दोलनमा नै गंभीर चुनौती खडा भएको बेला नेकपा र एमालेले निम्न विषयमा गंभीरता पूर्वक छलफल गरेर सहि निष्कर्ष निकाल्नु पर्दछ।

पहिलो-  मुलुकमा साठीर सत्तरी लाख विदेशीएका नेपाली श्रमशक्तिलाई देश भित्र नै कहाँ कसरी रोजगारी दिन सकिन्छ ?

दोश्रो – बैदेशीक रोजगारी र बिदेशी सेनामा भर्ति हुन जाने वाध्यतालाई अन्त्य गरि कसरी देश भित्रै पेशा व्यबसाय र रोजगारी दिन सकिन्छ ?

तेस्रो – कक्षा १२ पढ्ने बित्तिकै विदेश पढन जाने लर्कोलाई कसरी रोक्ने ?

चौथो- पूंजी, सीप,तालिम, बजारको सुनिश्चितता गरि दिएर वार्षिक १० लाख जनतालाई रोजगारी दिन सकिने प्रचुर संभावना छ ।तसर्थ तराई ,मधेस, पहाड र शहरी क्षेत्रमा लुकेको गरिबी र बेरोजगार जनताको जीवन स्तर कसरी माथि उठाउन सकिन्छ ?

पाँचौ – श्रमिकहरुलाई जीवन धान्न पुग्ने तलव,ज्याला प्रणालीको सुनिश्चितता गर्ने सवाल

छैठौं – अनौपचारिक श्रम अभ्यासलाई ओैपचारिक श्रम अभ्यासमा रुपान्तरण गर्ने उपाय

सातौ- कृषिप्रधान देशमा खेतीयोग्य जमिन झन्डै एक तिहाइ वांझो छ, सिंचाइको अभाव छ। अब माटो, हावापानी अनुसार सहकारीमा आधारित उत्पादन बढाएर आयात प्रतिस्थापन तथा, निर्यात प्रबर्द्धन गरि व्यापारघाटा कसरी न्यून गर्न सकिन्छ ?

आठौं – किसानलाई बजार, मूल्य, पूंजी, शीप र पूंजीको सुनिश्चितता प्रदान गर्ने आधार

नवौं – हरियोवन नेपालको धन भनेरचिनिएको नेपालमा ४७ प्रतिशत बन जंगलको भूमागलाई कसरी कुल गाहस्थ उत्पादनमा बृृद्वि गर्न सकिन्छ ?

दशौ- लघु,घरेलुु र मेघा उधोग स्थापना कहाँ कहाँ कसरी स्थापना गर्ने ?

एघारौं – जल विधुतको उत्पादन र आन्तरिक खपत कहाँ र कसरी गर्ने ?

बाहृौ- देशलाई अति कमविकसित स्थितिबाट मध्यम आय हुदै विकसित देशमा कसरी रुपान्तरण गर्न सकिन्छ ?

तेहृौ- वार्षिक ३र४ खर्ब व्यापार घाटा कसरी घटाउन सकिन्छ ?

चौधौ- सार्वजनिक जग्गा तथा पुर्वराजा महाराजाका नाममा भएका जग्गा जमीन नेपाल सरकारका नाममा ल्याइएको वनजंगल, जग्गा जमीनलाई व्यक्ति,नीजि कम्पनीको हितमा होईन सार्वजनिक स्वामित्व र सामुदायिक रुपमा लाभान्वित हुने गरि कसरी परिचालन गर्न सकिन्छ ?

पन्ध्रौं – जनमुखी बैंकिङ्ग प्रणालीको अवधारणा अनुरुप गरिब, बेरोजगार, किसान, लघु उधमीका विचमा बैकिङ्ग सेवा कसरी पुर्‍याउने ?

सोहृोै- व्यवहारमा नै दलाल पुंजीबादको अन्त्य र राष्ट्रिय पुंजी निर्माणको आधार,भ्रष्टाचार न्युनिकरण गरेर स्वच्छ र आर्थिक अनुशासन कायम गर्ने देशको रुपमा रुपान्तरण गर्ने प्रतिबद्धता र मेकानिज्म कसरी कायम गर्न सकिन्छ ?

सत्रौ- पार्टी, सरकार र व्युरोक्रेसीमा मेरीटोक्रेसी स्थापित गर्ने आधार र पार्टी, राज्य र समाजलाई लोकतान्त्रिकरण गर्ने आधार के हुन सक्तछ ?

अठारौं – पार्टी भित्र क्रान्तिकारी कार्यशैली, सर्वहाराकृत जीवनशैली, नेतृत्व निर्माण, विकास रकार्यकारी नेतृत्वबाट उमेर र अवधिबाट अवकाश हुने नेतृत्व हस्तान्तरणको प्रकृया कसरी कायम हुन सक्छ ?

उन्नाइसौ- कम्युनिस्ट पार्टीलाई आर्थिक रुपमा आत्मनिर्भर ढंगबाट संचालन गर्ने आधार के हुन सक्तछ ?

विसौ- उत्पादन र रोजगारीमा आधारित सहकारी अभियानको मोडेल कस्तो हुन्छ ?

एक्काइसौ- श्रमदान र श्रम शिविरमा पार्टी कार्यकर्ता परिचालन र श्रमप्रति आस्थावान कार्यकर्ता निर्माण कसरी हुन सक्तछ ?

बाइसौ- मुलुकमा अब समाजवादी गणतन्त्रको शासकीय प्रणालीको ढाँचा कस्तो हुनेछ ?

तेइसौ- बैज्ञानिकसमाजवादकोरणनीतिक लक्ष्य सहित नेपालको सन्दर्भमा समाजवादी क्रान्ति गर्ने अधिकत्तम र न्यूनतम कार्यक्रम

चौविसौ- संघीयतामा देखिएका कमीकमजोरी सुधारका उपाय

पच्चीसौ- अर्थतन्त्र संचालनको आधार

छब्बीसौ- कम्युनिस्ट पार्टीमा पार्टी सदस्य सार्वभौम हुन्छन् भन्ने प्रत्याभूति

सत्ताइसौ- कमिटीहरुमा सदस्यको अनुपात, निर्णय प्रक्रियामा कमिटीका सदस्यहरुको सहभागीताको ग्यारेन्टी

अठ्ठाइसौ- कम्युनिस्टपार्टीको नेतृत्वमा सरकार संचालनको नीति, पार्टी र सरकारका विचको सम्बन्ध, सरकारका कामको अनुगमन, मुल्यांकन र जनताका विच सरकारका कामको प्रचारप्रसार विधि

उन्नतीसौ- विगतका असमान सन्धि संझौताको अन्त्य गरेर नेपालको हित हुने गरि नयाँ सन्धि संझौता तथा राष्ट्रियताको संरक्षण र सम्बर्द्धनमा देखिएका चुनौती र समाधानका लागि पहलकदमी

तीसौ- सीमाअतिक्रमणको अन्त्य र, सीमा सुरक्षाको लागि पहल कदमी

एकतीसौ – भूराजनीतिक तनाव दबाव र असंलग्न परराष्ट्र नीतिको प्रबर्द्धन

बत्तीसौ –  पार्टी सरकारमा गए पछि राज्यका पुराना संस्कृतिको त्याज्य र अवलम्बन गरिने जनवादी संस्कृति र जीवनशैलीको मोडेलको अवलम्बन

तेत्तीसौ – निःशुुल्क शिक्षा र स्वास्थ्य, स्वच्छ खानेपानी, गुणस्तरीय खाध्यान्न, सर्वसुलभ सार्वजनिक यातायातको प्रवन्ध

चौतीसौ- मुलुकलाई समाजबादको दिशामा अगाडि बढाउन समाजबादी शिक्षाको अवलम्बनका साथै समाजबादी संस्कृतिको निर्माण र त्यसको अनुशरण, सभ्य, अनुशासित  राष्ट्रिय एकता, राष्ट्रियताको संरक्षण र सम्बर्द्धनका लागि राष्ट्र भक्तिको प्रेमले ओतप्रोत, श्रम र सीप प्रति आस्थावान र जागरुक नागरिकको विकाश गर्न विधालय, बिश्वबिधालय देखी लोकसेवाका पाठ्यक्रममा सुधार र परिवर्तन गर्ने विषय ।

यसरी नेकपा र एमाले विच कार्यक्रमिक आधारमा छलफल गरेर निष्कर्ष निकाल्न आवश्यक छ। यसो भए मात्र सहकार्यको ओैचित्य सावित हुनेछ ।

 

वि.सं.२०८३ साउन ११ सोमवार १५:३१ मा प्रकाशित

मनोगत लक्षण विश्लेषण र सर्वसाधारण जनताका चुनौती

मनोगत लक्षण विश्लेषण र सर्वसाधारण जनताका चुनौती

मनोवैज्ञानिक र सामाजिक विशेषताका आधारमा मानिसहरूको वर्गीकरण गर्ने तरिका नै...

सुशासन, असल शासनको अभ्यास

सुशासन, असल शासनको अभ्यास

काठमाडौँ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले मुलुकको...

जिर्ण कोशीब्यारेज बगाउने खतराः जनजिविकामा गम्भीर चुनौती

जिर्ण कोशीब्यारेज बगाउने खतराः जनजिविकामा गम्भीर चुनौती

कोशी ब्यारेजको निर्माण भएको बेला जति स्थानीय नेपाली जनता र...

संज्ञानात्मक द्वन्द्व र नेपालको राजनीति: मनोविज्ञान, विचार र व्यवहार

संज्ञानात्मक द्वन्द्व र नेपालको राजनीति: मनोविज्ञान, विचार र व्यवहार

कुनै पनि व्यक्तिमा आफ्ना विश्वास (beliefs), मूल्य (values), दृष्टिकोण (attitudes)...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

हाल सरकारले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन...