back
CTIZAN AD

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

वि.सं.२०८३ भदौ ४ बिहीवार

828 

shares

नेपाल एकीकरण अभियान र नेपाल–अंग्र्रेज युद्ध (१८१४–१८१६) का प्रमुख नायक बडाकाजी अमरसिंह थापा एक उत्कृष्ट सैन्य योजनाकार र रणनीतिकार थिए । उनले अवलम्बन गरेको एकीकृत सैन्य रणनीति (Integrated Military Strategy) केवल युद्ध मैदानमा लड्ने कुरामा मात्र सीमित थिएन । उनले भूगोलको ज्ञान, नागरिक–सैनिक सम्बन्ध, गढी (किल्ला) निर्माण, मठ, मन्दिर निर्माण, कूटनीति र सैन्य मनोबललाई एकसाथ जोडेर एक बलियो रणनीतिक मोडल तयार पारेका थिए । यो एकीकृत सैन्य रणनीति आज पनि नेपाली सेना र विश्वका शक्तिशाली सैन्य बलले प्रयोग गरेको पाइन्छ । तर यसको बारेमा सर्वसाधारण जनताको जानकारीको लागि प्रष्टसंग कतै समग्र रुपमा उल्लेख भएको देखिदैन । यो आलेखको मुख्य उद्देश्य एकीकृत सैन्य रणनीतिको बारेमा जानकारी प्राप्त गर्ने र जनसमक्ष उजागर गर्नु हो ।

एकीकृत सैन्य रणनीतिका प्रमुख पक्षहरू :

बडाकाजी अमरसिंह थापाको एकीकृत सैन्य रणनीतिका प्रमुख पक्षहरू यस प्रकार छन् :
१. किल्लामा आधारित रक्षात्मक युद्धनीतिः अमरसिंह थापाको सैन्य रणनीतिको मुख्य विशेषता भनेकै उच्च पहाडी भेगमा बलिया किल्लाहरू (गढी) निर्माण गर्नु र त्यसलाई आधार बनाएर शत्रुलाई रोक्नु थियो । उनले डडेल्धुराको अमरगढी किल्ला, कुमाऊँ, गढवाल, नालापानी र मलाउँ जस्ता क्षेत्रमा अभेद्य किल्लाहरू बनाए । आधुनिक हतियार र ठूलो तोपखाना भएका अंग्र्रेज र सिख सेना विरुद्ध नेपाली सेनासँग सीमित स्रोतसाधन मात्र थियो । किल्ला भित्र बसेर उचाइबाट आक्रमण गर्दा कम क्षतिमा ठूलो शत्रु फौजलाई परास्त गर्न सकिन्थ्यो । यस आलेखमा अमरगढी किल्लाको बारेमा चर्चा गरिएको छ ।

अमरगढी किल्ला डडेलधुरा जिल्लाको सदरमुकाम खलङ्गामा ६,५०० फिटको उचाइमा अवस्थित नेपालकै एक ऐतिहासिक र सामरिक महत्त्वको जीवन्त किल्ला हो । नेपाल एकीकरणको क्रममा बडाकाजी अमरसिंह थापाद्वारा वि.सं. १८४७ मा यसको निर्माण गरिएको थियो । यस किल्लाले तत्कालीन गोर्खाली सेनाको अदम्य साहस र उच्च युद्ध रणनीतिको प्रतिनिधित्व गर्दछ ।

यो ऐतिहासिक किल्लाको बनावट र यसको युद्ध रणनीतिसँगको सम्बन्धलाई निम्न बुँदाहरूमा तल प्रस्तुत गरिएको छः
अमरगढी किल्लाको बनावटः यो किल्ला टाढाबाट हेर्दा सिंहको टाउको वा सिंहको जटा जस्तो कलात्मक आकारमा विशाल ढुङ्गा, माटो र काठको समिश्रणबाट मजबुत गरी बनाइएको छ । किल्लाभित्र शत्रुको आक्रमणबाट बच्न र लुकेर प्रत्याक्रमण गर्न सैनिकहरूका लागि २२ वटा सुरक्षित गुफा वा कोठाहरू निर्माण गरिएका छन् । महाकाली पारि पश्चिम काँगडासम्मको विजय अभियानका लागि आवश्यक तोप, गोलाबारुद र बन्दुक जस्ता हातहतियार सुरक्षित राख्न यसभित्र विशेष कोतघर(Armoury)बनाइएको छ । किल्लाका अग्ला पर्खाल र बुर्जाहरूमा स–साना प्वालहरू बनाइएका छन्, जहाँबाट भित्रका सैनिक सुरक्षित रही बाहिरका शत्रुमाथि सजिलै गोली वा तिर प्रहार गर्न सक्थे । सैनिकहरूको गोप्य आवतजावत र आपतकालीन निकासका लागि किल्लाभित्र ढुङ्गाले बनेको सुरक्षित सुरुङ मार्गको समेत व्यवस्था छ ।

युद्ध रणनीतिसँगको सम्बन्धः समुद्र सतहबाट ६,५०० फिट उचाइमा हुनाले यहाँबाट चारैतिरको क्षेत्र सजिलै नियाल्न सकिन्थ्यो । शत्रु कताबाट आउँदैछ भन्ने कुरा गोर्खाली सेनाले टाढैबाट थाहा पाउने सामरिक फाइदा यसले प्रदान गथ्र्यो । बडाकाजी अमरसिंह थापाले डोटेली राज्यलाई परास्त गरेपछि महाकाली पारि कुमाउँ, गढवाल र काँगडासम्मको विजय यात्रा जारी राख्न यस किल्लालाई मुख्य सैन्य केन्द्र र बन्दोबस्तीको सामान सञ्चालन गर्ने थलो बनाएका थिए । अंग्र्रेज (ब्रिटिस इस्ट इन्डिया कम्पनी) को आधुनिक र ठूलो फौजलाई नेपालको भित्री भूभागमा प्रवेश गर्नबाट रोक्न यो किल्लाले एक बलियो पहाडी सुरक्षा पर्खाल वा चेकपोस्टको काम गरेको थियो ।

यस किल्लामा २२ वटा गुफा र सुरुङ मार्गको बनावटले गोर्खाली सेनालाई लुकेर बस्न र शत्रु असावधान भएको मौका छोपी अचानक छापामार शैलीमा घातक प्रत्याक्रमण गर्न मद्दत पु¥याउँथ्यो । यसरी अमरगढी किल्ला केवल ढुङ्गा र माटोको संरचना मात्र नभएर नेपालको भौगोलिक अवस्थालाई बुझेर रचिएको एक अद्वितीय र अभेद्य सैन्य इन्जिनियरिङको नमुना हो ।

२. भूगोल र पर्यावरणको पूर्ण उपयोगः उनलाई पहाडी भूगोल र हिमालको मौसमको अचूक ज्ञान थियो । शत्रु सेना कुन बाटोबाट आउन सक्छ र उनीहरूलाई कहाँ घेरा हाल्न सकिन्छ भन्ने कुराको उनले पहिल्यै “अपरेसनल प्लानिङ” (कार्ययोजना) तयार गर्थे । अंग्र्रेजहरू तराई र समतल भूमिमा बलिया थिए, तर पहाडी र दुर्गम क्षेत्रमा उनीहरूको हतियार चल्दैनथ्यो । अमरसिंहले शत्रुलाई सधैं आफ्नो अनुकूलको कठिन पहाडी भूगोलमा ल्याएर लड्न बाध्य पार्थे ।

३. नागरिक–सैनिक एकीकरण र सुशासनः नयाँ जितिएका राज्यहरूमा विद्रोह हुन नदिन अमरसिंह थापाले सैन्य कमान्डसँगै उत्कृष्ट नागरिक प्रशासन र सुशासन लागू गरेका थिए । उनले विजित क्षेत्र जस्तै कुमाऊँ र गढवालका स्थानीय सामन्त र जनतासँग कूटनीतिक संवाद गरी उनीहरूलाई आफ्नो पक्षमा पारे । उनले ती क्षेत्रमा कर प्रणाली व्यवस्थित गरे, पूर्वाधार निर्माण गरे र जनतालाई दमन गरेनन् । यसले गर्दा सेनालाई आवश्यक बन्दोबस्तीका सामान (खाद्यान्न र सूचना) स्थानीय जनताबाटै सहजै प्राप्त हुन्थ्यो ।

४. कूटनीतिक र रणनीतिक स्वायत्तताः युद्ध जित्न केवल हतियार मात्र पर्याप्त हुँदैन भन्ने कुरा अमरसिंहले बुझेका थिए । उनले काठमाडौँ दरबारबाट टाढा, पश्चिमी मोर्चाको सर्वोच्च कमान्डर भएर काम गर्दा कूटनीतिक निर्णयहरू लिने स्वायत्तता पाएका थिए । उनले अंग्र्रेज विरुद्ध पन्जाबका राजा रणजित सिंह र मराठाहरूसँग त्रिगुणात्मक गठबन्धन बनाउने प्रयास समेत गरेका थिए । अंग्र्रेज जनरल अक्टरलोनीले उनलाई नेपाल विरुद्ध गद्दारी गरेमा ठूलो प्रलोभन र जागिरको अफर गर्दा पनि उनले “म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ” भन्दै राष्ट्रिय स्वाभिमान र इमान्दारिताको उच्च नमुना प्रस्तुत गरे ।

५. मनोबलमा आधारित नेतृत्वः सीमित स्रोत, न्यून तलब र काठमाडौँबाट हजारौँ किलोमिटर टाढा रहेका सैनिकहरूको मनोबल उच्च राख्नु उनको रणनीतिको मुख्य अंग थियो । उनी आफैं अग्रपंक्तिमा रहेर युद्ध लड्ने र सैनिकहरूसँगै सुख–दुःख साट्ने हुनाले सिपाहीहरू देशका लागि ज्यान दिन तयार हुन्थे । उनको यही उच्च नैतिक चरित्र, अनुशासन र देशभक्तिपूर्ण नेतृत्वका कारण अंग्र्रेज सैनिकहरूले समेत उनको ठूलो सम्मान गर्थे ।

युद्ध रणनीतिका चुनौती र सिकिएका पाठ
बडाकाजी अमरसिंह थापाको एकीकृत सैन्य तथा युद्ध रणनीतिले नेपालको सीमा पश्चिममा सतलज नदीसम्म विस्तार गर्न मद्दत गर्यो । यसमा पहाडी भूगोल सुहाउँदो रक्षात्मक रचना, स्थानीय जनसम्पर्क र मनोबल उच्च राख्ने कला प्रमुख थिए । तर सीमित स्रोत, आधुनिक हातहतियारको कमी र विशाल अंग्र्रेज फौजसामु यो रणनीतिले गम्भीर चुनौती र ऐतिहासिक पाठ छोडेको छ ।

युद्ध रणनीतिका प्रमुख चुनौतीहरू

स्रोत र साधनको कमीः आधुनिक तोप, बारूद र रसदपानीको अभावमा विशाल तथा आधुनिक बेलायती फौजसँग लड्नुपारेको थियो ।
भौगोलिक दूरी र सञ्चार अभावः राजधानी काठमाडौँबाट टाढा पश्चिमी मोर्चामा रहेका कारण समयमा सैनिक सहयोग र निर्देशन पाउन कठिन थियो ।
नयाँ जितेका क्षेत्रमा अस्थिरताः कुमाऊँ, गढवाल र सतलज क्षेत्र नयाँ विजय गरिएकाले स्थानीय जनतामा असन्तुष्टि र सम्भावित विद्रोहको खतरा सधैँ रहन्थ्यो ।
प्रबल बाह्य शक्तिहरूको सामनाः एकैपटक अंग्र्रेज कम्पनी सरकार तथा पन्जाबका सिख शासकहरूसँग सामरिक सन्तुलन मिलाउनुपर्ने दबाब थियो ।

सिकिएका पाठहरू

भूगोल र रणनीतिको तालमेलः कठिन पहाडी भूभागमा दुश्मनलाई अल्झाएर आक्रमण गर्ने र रक्षात्मक किल्ला बलियो बनाउने कलाले युद्धमा शत्रुलाई पराजित गर्न सहयोग पुगेको थियो ।
राष्ट्रिय हित सर्वोपरिः अंग्र्रेज जनरल अक्टरलोनीले दिएको ठूलो प्रलोभनलाई लत्याएर देशको स्वाभिमान र राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ भन्ने पाठ धेरैका लागि अनुकरणीय नै छ । यो एउटा देशभक्तिको उच्च भाव मान्न सकिन्छ ।
सामरिक यथार्थवादः युद्धमा होमिनुअघि प्रशासनिक तयारी र स्रोतको क्षमता आंकलन गर्नुपर्छ भन्ने चेत थियो त्यसैले अमरसिंह थापाले सुरुमा अंग्र्रेजसँग युद्ध नगर्न सल्लाह दिएका थिए ।
नैतिक नेतृत्व र निष्ठाः कठिन परिस्थितिमा पनि अडिग रहने, मनोबल नगुमाउने र मातृभूमिको रक्षाका लागि समर्पित हुने उच्च देशभक्ति अमरसिंह थापाबाट सिक्न सकिने महत्वपूर्ण पाठ हो ।

अमरसिँह थापाको भूमिका
युद्धका क्रममा उनले काली नदीदेखि सतलजसम्मको उत्तर–पश्चिमी क्षेत्रमा अंग्र्रेज सेनाविरुद्ध नेतृत्व गर्नुभयो । उनको मुख्य काम थियोः
गढी र किल्लाहरूको सुरक्षा — जमुनाको पूर्वतिर, शिमला, काँगडा, जम्मुतिरका भूभागको रक्षा गरे ।
छापामार रक्षात्मक रणनीति — अंग्रेजको ठूलो, लामो दुरी सम्बोधन गर्ने र सुसज्जित सेना हुँदाहुँदै पनि पहाडी क्षेत्रको हिसाब खोजेर प्रतिरोध गरेका थिए । युद्धलाई तल तान्ने÷लामो बनाउने नीति अख्तियार गरेर समय निकालेर मुख्य सैन्य एकाइलाई बचाउने काम गरे । उनले मलाउ र वरपरका किल्लाहरूमा बलियो प्रतिरोध गरे । तर नेपाली सेना आधुनिक हतियार, प्रशिक्षण र आपूर्तिमा कमजोर थियो ।

कमजोरीका मुख्य कारणहरू
१.सैन्य प्रविधिमा अन्तरः अंग्र्रेजसँग आधुनिक तोप, बन्दुक र व्यवस्थित फौज थियो; नेपाली सेना परम्परागत खुकुरी र सीमित आधुनिक हतियारमा भर पर्ने थियो ।
२.रसद (आपूर्ति) समस्याः पहाडी क्षेत्रमा खाद्यान्न, गोलाबारुद र औषधिको पुर्याउने व्यवस्था कमजोर थियो, जसले गर्दा दीर्घकालीन युद्ध सम्भव भएन ।
३.आन्तरिक विभाजन/शीर्ष नेतृत्वको कमजोरीः युद्धका बेला नेपालको केन्द्रीय सत्तामा भीमसेन थापाको वर्चस्व हुँदा पनि विभिन्न क्षेत्रीय नेतृत्वबीच समन्वय र एकता पर्याप्त थिएन ।
४.दुई मोर्चामा एकैसाथ युद्धः नेपालले पूर्व (मकवानपुर–काठमाडौंतिर) र पश्चिम दुवैतिर लड्नुपर्यो, जसले स्रोत र मानवशक्ति दुवै बाँडिनु पर्यो ।
५.कूटनीतिक अलगावः नेपालले बाहिरी सहयोग वा गठबन्धन पाएन, जबकि अंग्र्रेजसँग भारतका स्थानीय रियासतका सहयोग थियो ।

अन्त्यमा सन् १८१६ को सुगौली सन्धि मार्फत नेपालले काली–मेचीभन्दा पश्चिमका तराई, कुमाऊँ, गढवाल र सिक्किमका भूभाग गुमायो । तर अमरसिँह थापाको रणनीतिले नेपाली सेनाको साहस र रक्षात्मक क्षमताको सम्मान गराएको मानिन्छ; त्यसैकारण अंग्रेजले पछि नेपाली युवाहरूलाई आफ्नो सेनामा भर्ना गर्ने नीति बनाए ।

आधुनिक सैन्य नीतिमा अमरसिंहको प्रासंगिकता
अमरसिँह थापाको सैन्य अनुभव र रणनीति आजको आधुनिक सैन्य नीतिमा पनि धेरै किसिमले प्रासंगिक छन् । प्रमुख बुँदाहरू यस प्रकार छन् :
१. रक्षात्मक रणनीतिमा भूगोलको प्रयोगः उनले पहाडी भू–बनोटलाई आफ्नो फाइदाका रूपमा उपयोग गरे । यो सिद्धान्त आज पनि उत्तिकै महत्त्वपूर्ण छ । दुनियाँभरका रक्षा नीतिहरूमा आफ्नो भूगोलको प्राकृतिक अवरोध (नदी, पहाड, उचाइ) लाई रक्षात्मक लाभमा परिणत गर्ने अवधारणा गहिरो रूपमा प्रयोग हुन्छ । नेपालजस्तो भू–परिवेष्ठित र पहाडी मुलुकका लागि यो झन् सान्दर्भिक छ ।

२. सीमित स्रोतमा प्रभावकारी व्यवस्थापनः अंग्र्रेजको ठूलो र सुसज्जित फौजसँग लड्दा पनि उनले सीमित सैन्य र रसदबाट कुशलता देखाए । आधुनिक सन्दर्भमा यसको अर्थ ठूलो बजेटभन्दा पनि स्मार्ट विनियोजन, रसदको दक्ष व्यवस्थापन, र मानव स्रोतको अधिकतम उपयोग, कम स्रोत भएका मुलुकहरूका लागि यो मूल्यवान पाठ हो ।

३. कूटनीति र सैन्य शक्तिको सन्तुलनः सुगौली सन्धिपछि नेपालले शक्तिशाली छिमेकीसँग द्वन्द्वभन्दा कूटनीति र तटस्थताको बाटो रोज्यो । उनको अनुभवबाट सिकेको यो पाठ आधुनिक नेपाली सैन्य तथा विदेश नीतिमा दुई ठूला छिमेकीबीच सन्तुलनको रणनीतिसँग प्रत्यक्ष जोडिन्छ । यानी, सैन्य तयारी कायम राख्दै कूटनीतिमार्फत द्वन्द्वबाट बच्नु अर्को महत्वपूर्ण पाठ हो ।

४. आफ्नै सेनामा विश्वास र मनोबलः उनले सीमित प्रविधिको बाबजुद पनि आफ्ना सैनिकको मनोबल उच्च राखे र लडाकू क्षमताको विश्वसनीय प्रदर्शन गर्नु भयो । यसबाट अंग्र्रेजले नेपाली सैनिकको व्यावसायिकता स्वीकार गर्यो । जुन आज विश्वभरका सेनामा गोर्खा भर्नाको आधार बन्यो । यो आधुनिक सैन्य नीतिमा “मानव संसाधन र मनोबल नै प्रविधिभन्दा ठूलो सम्पत्ति” भन्ने सिद्धान्तकै उदाहरण हो ।

५. आन्तरिक एकता र समन्वयको आवश्यकताः उनको अनुभवले देखायो कि आन्तरिक विभाजन र समन्वयको कमीले राम्रो रणनीति पनि असफल हुनसक्छ । आधुनिक सैन्य संगठनमा पनि विभिन्न एकाइहरूबीच एकीकृत कमान, स्पष्ट नेतृत्व–शृंखला र सूचना–साझेदारीको सिद्धान्त यसैबाट व्युत्पन्न भएको मान्न सकिन्छ ।

सारमा, उनको अनुभवको मूल सन्देश भनेको भूगोल, कूटनीति, स्रोत–व्यवस्थापन र मानवीय मनोबलको सही समन्वय नै बलियो राष्ट्रिय सुरक्षा नीतिको आधार हो । यी मूल्य आज पनि नेपालको रक्षा तथा सुरक्षा नीति निर्माणमा उत्तिकै मार्गदर्शक बन्न सक्छन् ।

निष्कर्ष
अमरसिंह थापा त्यस्ता विभूतिमध्ये एक हुन् । जस्को स्मरण मात्रले पनि प्रत्येक देशभक्त नेपालीको मन गर्वले भरिन्छ । उनकोे जीवन केवल एउटा सैनिकको कथा मात्र होइन, राष्ट्रप्रेम, आत्मसम्मान, त्याग र अदम्य साहसको अनुपम उदाहरणको रुपमा लिन सकिन्छ । बडाकाजी अमरसिंह थापाको एकीकृत सैन्य रणनीति सैन्य रणनीतिको इतिहासमा एक उत्कृष्ट मोडेल मानिन्छ । उनले युद्धलाई केवल हतियारको लडाइँ नमानी भूगोल, जनता, कूटनीति, र सुशासनको एकीकृत शक्तिका रूपमा प्रयोग गरे । यही रणनीतिका कारण नेपालले सुगौली सन्धि हुनुअघि पश्चिमतर्फ सतलज नदीसम्म आफ्नो सीमा विस्तार गर्न सफल भएको थियो । बुबाको मृत्यु पछि मरुहट प्राप्त गरी दरबारमै हुर्केकोले अमरसिंहमा पृथ्वीनारायण शाहको गहिरो प्रभाव परेको देखिन्छ ।

अमरसिँह थापाको समग्र सैन्य रणनीति सम्बन्धी चुनौतिहरूमा भौगोलिक बाधाको अभाव, संचारको दुर्बलता, र सैन्य सामग्रीको कमी थियो । उनले नेपाल–अंग्र्रेज युद्ध र नेपाल–तिब्बत युद्धमा दृढ सैन्य प्रतिरोध गर्ने रणनीति अपनाएका थिए । सबैभन्दा महत्त्वपूर्ण शिक्षा भनेको सैनिक र नागरिक सहयोगको महत्व र आन्तरिक एकताको आवश्यकता हो । उनको नेतृत्वले नेपालको भूभाग सुरक्षित राख्न मद्दत गर्यो र आधुनिक नेपाली सैन्य व्यवस्थाको आधार निर्माण गर्यो । उनको सैन्य रणनीतिलाई संसारभरी नै एउटा नमूनाको रुपमा हेरिन्छ ।

 

वि.सं.२०८३ भदौ ४ बिहीवार ११:५४ मा प्रकाशित

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

 हेलेजको परिचय, महत्त्व तथा नेपालमा नयाँ प्रविधि हेलेज (Haylage) भन्नाले...

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?” उत्तर...

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

सलाम रोल्पामा ऋषिराज बरालले झिंगाको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...