back
CTIZAN AD

एनसेलले बुझायो करिव ५ अर्बको लाइसेन्स नवीकरण दस्तुर

वि.सं.२०८३ भदौ ४ बिहीवार

shares

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवा अनुमतिपत्र (लाइसेन्स) नवीकरण दस्तुरबापत सरकारलाई ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार १ सय ९१ रुपैयाँ भुक्तानी गरेको छ। एनसेलले उक्त रकम नेपाल दूरसञ्चार प्राधिकरणको नबिल बैंक लिमिटेडमा रहेको खातामा दाखिला गरेको हो।

भदौ १५ गतेभित्र बुझाउनुपर्ने नवीकरण दस्तुरको किस्ताअन्तर्गत एनसेलले बाँकी सावाँसँगै ब्याजसमेत भुक्तानी गरेको छ । एनसेलले बुझाएको रकममध्ये ४ अर्ब २५ करोड रुपैयाँ बाँकी किस्ताको सावाँ रहेको छ भने २०८२ भदौ ७ गतेदेखि २०८३ असार मसान्तसम्मको टीडीएस कट्टीपछिको ब्याजबापत ६४ करोड ९२ लाख ६० हजार २ सय ७३ रुपैयाँ र २०८३ साउन १ गतेदेखि भदौ २ गतेसम्मको ब्याजबापत ६ करोड ५३ लाख २१ हजार ९ सय १७ रुपैयाँ बुझाएको छ।

यसअघि नै एनसेलले २०८२ भदौ ६ गतेसम्मको किस्ता र ब्याज भुक्तानी गरिसकेको थियो। सरकारले एनसेललाई लाइसेन्स नवीकरण दस्तुर चार किस्तामा भुक्तानी गर्ने सुविधा दिएको छ। २०८१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले एनसेललाई वार्षिक १० प्रतिशत ब्याजसहित किस्ताबन्दीमा नवीकरण दस्तुर बुझाउने सुविधा दिएको थियो।

एनसेलले लाइसेन्स नवीकरणका लागि तिर्नुपर्ने कुल २० अर्ब रुपैयाँमध्ये पहिलो किस्ताबापत ४ अर्ब रुपैयाँ भुक्तानी गर्दै २०८१ जेठ १४ गते नवीकरणका लागि निवेदन दिएको थियो। एनसेलको प्रस्ताव स्वीकार गर्दै सरकारले बाँकी रकम वार्षिक १० प्रतिशत ब्याजसहित किस्तामा बुझाउन सक्ने व्यवस्था गरेको थियो।

पछिल्लो भुक्तानीसँगै एनसेलले लाइसेन्स नवीकरणका लागि तोकिएको किस्ताबन्दी भुक्तानी प्रक्रियालाई अघि बढाएको छ।

 

वि.सं.२०८३ भदौ ४ बिहीवार ११:०३ मा प्रकाशित

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी ।  विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या...

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...